नेपालगञ्ज/ बिद्यार्थी, युवाहरुको बक्तृत्व शिप अभिबृद्धि गर्नका लागि पब्लिक स्पिच (सार्वजनिक मन्तव्य) प्रतियोगिताको पहिलो अडिसन आज सम्पन्न भएको छ ।
बिद्यार्थी, युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धि गर्ने, वाक क्षमता, भाषणकला क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने र सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
बास नेपालको आयोजनामा शुरु भएको उक्त प्रतियोगितामा बिभिन्न बिद्यालय, कलेजका ४२ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बाल रोग बिशेषज्ञ प्रभातकालिन हिडाईं अभियानका संयोजक डाक्टर किशोर खत्री, निर्णायक सन्तोष खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए । अतिथीहरुले बौद्धिक क्षमताको बिकासका लागि यस्ता गतिविधिहरु महत्वपूर्ण भएको बताएका थिए ।
बास नेपालका कार्यक्रम संयोजक अशोक रावलले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए भने कार्यक्रमको समापन बास नेपालका केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारीले गरेकी थिईन् ।
प्रतियोगिताको अडिसन राउण्डमा सहभागिहरुले आफै बिषय छनौट गरि बोलेका थिए जसको लागि ३ मिनेटको समय दिईएको थियो । ४२ जना सहभागिहरु मध्येबाट उत्कृष्ट बक्तव्य दिने २९ जना प्रतियोगिहरु सेमि फाईनलका लागि छनौट भएका छन् ।
निर्णायकको भुमिकामा कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयका अधिकृत सन्तोष खड्का, नेपाल पत्रकार महासंघ बाँकेका पूर्ब अध्यक्ष रुद्र सुबेदी र साहित्यकार दिला शाह रहेका थिए । निर्णायक खड्काले प्रतियोगिताको नतिजा सार्वजनिक गरेका थिए भने अर्का निर्णायक सुबेदीले नियमहरु सुनाएका थिए । द्धय निर्णायक खड्का र सुबेदीले प्रतिष्पर्धी प्रतियोगीहरुलाई पृष्टपोषण दिएका थिए ।
सेमि फाईनल २०८१ फाल्गुण १३ गते गरिनेछ भने फाईनल राउण्ड २०८१ फाल्गुण २३ गते हुनेछ । सेमिफाईनलबाट छनौट भएका सहभागिहरु फाईनल राउण्डमा प्रबेश गर्नेछन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्तोना हुनेलाई क्रमशः २० हजार, १५ हजार, १० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने रु. २० हजार नगद सहित पब्लिक च्वाईस अवार्ड प्रदान गरिनेछ ।
सेमि फाईनलका सहभागिहरुलाई प्रतियोगिताका लागि ५ मिनेटको समय दिईनेछ ।