असल शासन पोष्टको २४ औं बार्षिकोत्सव भव्य

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ भ्रष्टाचार बिरुद्ध बिगत २४ बर्ष देखि प्रकाशित असल शासन पोष्ट साप्ताहिकको २४ औं बार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ ।

बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै लुम्विनी प्रदेश सभा सदस्य अम्विका काफ्लेले देशमा सुशासन प्रबद्र्धनका लागि प्रभावकारी सूचना प्रबाह हुनुपर्ने बताईन् ।

मुलुकमा सुशासन बहालीका लागि असल शासन पत्रिकाले पुर्याएको योगदानको उच्च कदर गर्दै उनले भनिन् –मुलुकलाई सहि दिशामा ल्याउन असल शासन पत्रिकाको भूमिका अहम् छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रीय सदस्य झलक गैरेले २४ बर्ष देखि भ्रष्टाचार बिरुद्ध प्रतिबद्ध रहँदै पत्रिका प्रकाशन गर्नु चुनौतिपूर्ण कार्य रहेको उल्लेख गर्दै समग्र पत्रकारिताको बिकासका लागि असल शासनले उत्कृष्ट भुमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका पूर्ब अध्यक्ष रुद्र सुबेदी र नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रकारिताका मूल्य, मान्यता, आचारसंहिता बमोजिम अगाडी बढ्न सफल भएकोमा असल शासनलाई बधाई ज्ञापन गरेका थिए ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले भ्रष्टाचारका बिरुद्ध असल शासनले चलाएको कलम प्रभावकारि भएको बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाकी पूर्ब उपप्रमुख उमा थापा मगरले बिगतमा आफु असल शासन पत्रिकामा आबद्ध भएको उल्लेख गर्दै आफु स्थापित हुनमा पत्रिकाको भुमिका अहम रहेको बताईन् ।

कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका पूर्ब अध्यक्ष तेज बिक्रम शाहले देशलाई भ्रष्टाचारले बर्बाद बनाएको उल्लेख गर्दै भ्रष्टाचार बिरुद्ध असल शासनले वकालत गरि राष्ट्रलाई योगदान पुर्याएको बताए ।

कार्यक्रममा पत्रिकाको बिगत र बर्तमानका बारेमा बोल्दै सम्पादक नमस्कार शाहले भने –पत्रिकाका माध्यमबाट हामीले भ्रष्टाचारीहरु बिरुद्ध धावा बोल्यौं, लुकाईएका, कथिएका सुचनाहरु छताछुल्ल पार्यौं, धेरैका गोप्यताहरु भँग गर्यौं, जसबाट धेरैको निद हराम भयो । सिमित स्रोत, साधन, बिज्ञापनको साँघुरो बजारका बाबजुत निरन्तर प्रकाशन हुँदै आएको यो पत्रिकामा धेरै उतार चढाबहरु आए, धेरै बाधा, व्यबधानहरु भए, सहकर्मिहरु आए, गए तर पत्रिका आफ्नो मिसनमा डगमगाएन, कलम बाँगिएन, कलम थाकेन र त यो पत्रिका भ्रष्टहरुका लागि काउछो बन्यो भने सदाचारीको साथि ।

पत्रिकाका प्रबन्ध सम्पादक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा कार्यकारी सम्पादक हेमराज भट्ट र सह–सम्पादक माधव कार्कीले अनुभव सुनाएका थिए ।

कार्यक्रममा केएमएस कला केन्द्र, काँरकाँदोका कलाकारहरु र हिमानी बटालाले नृत्य प्रश्तुत गरेका थिए ।

उत्कृष्ठ बिज्ञापनदाता र पाठकलाई सम्मान :-

बार्षिकोत्सव समारोहमा उत्कृष्ठ बिज्ञापनदाताको रुपमा बिश्वकर्मा कला केन्द्रका राकेश बिश्वकर्मा र सन्तोष ज्वैलर्सका प्रोेपराईटर सन्तोष गुप्तालाई सम्मान गरिएको थियो भने उत्कृष्ठ पाठकको रुपमा कमल शाहीलाई सम्मान गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथी माननिय काफ्लले सम्मान पत्र प्रदान गरेकि थिईन् ।

 

  • ७ फाल्गुन २०८१, बुधबार प्रकाशित

  • Nabintech