नेपालगन्ज । जलवायु न्याय क्लबका बालिकाहरुको अगुवाईमा जलवायु न्याय सम्बन्धी सचेतना मुलक र्याली निकालीएको छ ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालीत बालिका शिक्षा कार्यक्रम अन्तरगत खजुरा गाउँपालिकाको ज्ञानोद्धय नमुना माबि र बैजनाथको सूर्योदय माबिमा उक्त र्याली गरिएको हो ।
जलवायु परिवर्तनले पारेको असर तथा जलवायू परिवर्तनमा खेल्नुपर्ने भूमिकाका बिषयमा आम नागरिकहरुलाई सचेत गराउने उद्धेश्यले उक्त र्याली गरिएको हो ।
बाँकेको ज्ञानोद्धय माबिमा भएको सचेतना मुलक ¥याली बिद्यालयबाट शुरु भएर खजुरा २ नम्बर बजार परिक्रममा गरी बिद्यालयमा गएर समापन गरिएको थियो । यसैगरी सूर्योदय माबि बैजनाथमा जलवायु न्याय क्लबको अगुवाईमा भएको र्याली बिद्यालय प्रांगणबाट शुरु भएर चिसापानी बजार परिक्रमा गर्दै बिद्यालयमा पुगेर समापन भएको थियो । र्यालीको क्रममा बिद्यार्थीहरुले स्वास्थ्य वायु स्वास्थ जिवन, पृथ्वीको संरक्षण दिगो प्रकृतिमैत्री जीवनयापन, प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं, रुख रापौं बातावरण संरक्षणमा टेवा पुर्याऔं, जलवायु न्याय हामी सबैको सरोकार, इन्धनको प्रयोग कम गरौं, पानीका मुहानको संरक्षण गरौं, पानी जागाऔं, रसायनिक मलको सट्टा प्रांगारीक मल प्रयोग गरौं लगायत नारा अंकित प्लेकार्ड र नारा सहित र्याली निकालीएको थियो । सयौं बिद्यार्थीहरु नारा सहित सडकमा उत्रीएपछि आम नागरिकहरुले घरघरको छत तथा सडक छेउबाट उक्त ¥यालीको अवलोकन गरिरहेका थिए । र्यालीमा शिक्षक, बिद्यार्थी, अभिभावक र स्थानीयहरुको सहभागिता रहेको थियो ।
सूर्योदय माबिमा भएको यालीको समापनमा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष मान सिंह बुढा, प्रधानाध्यापक दिपक बहादुर शाही र बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बोलेका थिए । बिद्यालयका शिक्षक राजेन्द्र यादबले सञ्चालन गरेको कार्यक्रममा जलवायु न्याय क्लबकी बालिका ज्वती शाहीले जलवायु न्याय क्लबमा आबद्ध भएपछिको अनुभव सुनाएकी थिईन् । कार्यक्रममा बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्ट, सिनियर सामाजिक परिचालक चन्द्रा बुढा लगायत, ट्राफिक प्रहरी, शिक्षकको उपस्थिती रहेको थियो ।
यसैगरी ज्ञानोद्धय माबिमा र्यालीको समापनमा बिद्यालय अभिभावक संघका अध्यक्ष मान बहादुर भण्डारी, प्रधानाध्यापक ऋषिराम रापकोटाले बोलेका थिए । जलवायु न्याय क्लबकी बालिका आकृती शर्माले सञ्चालन गरेको कार्यक्रममा सम्पर्क शिक्षक गिता वली, बासका शोभा थापा मगर लगायतको उपस्थिती रहेको थियो । र्काक्रमको अन्त्यमा सहभागि सबैले जलवायु न्यायमा कार्य गर्ने भन्दै ९ बुदें साझाँ प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए ।