बासको महाधिबेशन चैत्र २२ र २३ गते नेपालगञ्जमा हुने

तयारीकालागि १९ उपसमिति गठन

असल शासन प्रतिनिधि

नेपालगन्ज । सुशासनका क्षेत्रमा विगत २५ बर्ष देखि कार्य गर्दै आएको बास नेपालको १०औं महाधिबेशन २०८१ चैत्र २२ र २३ गते नेपालगन्जमा हुने भएको छ ।
महाधिबेशनको भव्य सफलताका लागि बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथाकीको अध्यक्षतामा बसेको बैठकले ५१ सदस्सीय मूल समिति र १९ वटा समिति चयन गरेको छ । बैठकले उपसमतिहरु गठन गर्दै प्रचार प्रसार उपसमिति संयोजकमा बास निर्देशक हेमराज भट्ट, आर्थिक उपसमिति संयोजकमा कोषाध्यक्ष कल्पना अधिकारी, संघसंस्था समन्वय उपसमिति संयोजकमा बास कार्यकारी निर्देशक नमस्कार शाह, सचिवालय उपसमिति संयोजकमा जनसम्पर्क अधिकृत माधब कार्की, अतिथी सत्कार समिति संयोजकमा केन्द्रीय सदस्य शोभा गुरुंगलाई जिम्मेवारी दिएको छ ।


यसैगरी बैठकले केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्मालाई खाना तथा आवास उपसमिति संयोजक, केन्द्रीय सचिब दिला शाहलाई सास्कृतीक उपसमिति, कार्यक्रम प्रबन्धक मन भण्डारीलाई राष्टिय युवा सम्मेलन, बाँके शाखा अध्यक्ष शोभा थापा मगरलाई झाकी ब्यवस्थापन, केन्द्रीय सदस्य तपेन्द्र मलातीलाई स्वयंसेवक परिचालन समिति संयोजकको जिम्मेवारी दिएको छ । यसैगरी बासका केन्द्रीय निर्वतमान अध्यक्ष रमेश सिटौलालाई प्रतिनिधि समन्वय, प्रशासकिय अधिकृत शुद्ध प्रसाद चौधरीलाई मन्च ब्यवस्थापन, अफिसर रबिन्द्र बोहरालाई कार्यक्रम ब्यवस्थापन, पूर्व केन्द्रीय सदस्य धु्रबजंग शाहलाई अनुगमन, अभिलेखिकरण उपसमिति संयोजक लोक बहादुर घर्ती, सूचना प्रविधि उपसंयोजक लौटन थारु, स्वास्थ्य उपसमिति संयोजक पुरण थारु र र्याली ब्यवस्थापन उपसमिति संयोजकमा बब्लु शेषलाई जिम्मेवारी दिईएको छ ।
बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको बैठकले सम्पूर्ण उपसमिति संयोजकलाई तिन दिन भित्र उपसमिति पूर्ण गर्ने गरी जिम्मेवारी तोकिएको छ । बास नेपालले देशका ७७ ओटै जिल्लामा शाखा विस्तार गरि काम गर्दै आएको छ ।

  • ९ फाल्गुन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech