नेपालगन्ज । जिवन उपयोगी शिपले जिवनलाई सहि मार्गमा लैजान सहज बनाएको बाँकेको कोलहपुरमा सम्पन्न अलुम्नाई मिटअपका सहभागिहरुले बताएका छन् ।
बालिका शिक्षा कार्यक्रम अन्तरगत कक्षा १२ पास गरेका बालिका (अलुम्नाई) हरुको सहभागितामा आज सम्पन्न कार्यक्रमका सहभागि अलुम्नाईहरुले बालिका शिक्षा कार्यक्रममा जोडिन पाएकोमा खुसी ब्यक्त गर्दै कक्षा १२ सम्म सिकेको ज्ञान उपयोगी भएको बताएका हुन् ।
अलुम्नाई बालिकाहरुको प्रगतिका बारेमा जानकारी लिने, सफलताका कथा तथा अनुभव आदान प्रदान गर्ने र अलुम्नाईसँगको सम्बन्धलाई बढावा दिने उद्धेश्यले अल्मुनाई मिटअप गरिएको थियो ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा गरिएको कार्यक्रममा बोल्दै बास नेपालका निर्वतमान अध्यक्ष तथा तालिम विभाग प्रमुख रमेश सिटौलाले कार्यक्रममा सहभागिहरुको आत्म विश्वास देख्दा खुसी लागेको बताए । उनले सामाजिक विभेद बिरुद्ध अगुवाको रुपमा कार्य गर्न अनुरोध गरे ।
बास नेपालमा सिनियर सामाजिक परिचालक शोभा भण्डारीले सहजिकरण गरेको कार्यक्रममा जिवन उपयोगी शिपका बिषयमा परियोजना संयोजक हेमराज भट्टले प्रश्तुतीकरण गरेका थिए ।
कार्यक्रमका सहभागि अलुम्नाई गिता परियार, सिता बिक, अन्जली शर्मा, कवीता अधिकारी, अनिता चन्द, शुसीला मुराउ, समिक्षा सार्की, रबिना थारु लगायतले आफ्नो अनुभव आदान प्रदान गरेका थिए । कार्यक्रममा अल्मुनाइको सफलताको कथा, अनुभव आदान प्रदानसँगै उनीहरुको क्षमता उजागर गर्न ट्यालेन्ट शो समेत गरिएको थियो । बासका निर्वतमान अध्यक्ष रमेश सिटौला, परियोजना संयोजक हेमराज भट्ट, लेखा अधिकृत हंस शाही, सिनियर सामाजिक परिचालकहरु शोभा भण्डारी, रचना चौधरी। सबिता सुनार, सुस्मिता लामा र लेखा सहायक प्रदिप बोहराको उपस्थिती रहेको थियो । कार्यक्रममा ३९ जना अलुम्नाईको सहभागिता रहेको थियो ।