नेपालगन्ज । जलवायु न्याय क्लबको अगुवाईमा कोहलपुरको श्री लक्ष्मी माबिमा जलवायु न्याय सम्बन्धी सचेतना मुलक र्याली र नाटक प्रर्दशन गरिएको छ ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालीत बालिका शिक्षा कार्यक्रम अन्तरगत उक्त र्याली र नाटक प्रर्दशन गरिएको हो ।
जलवायु परिवर्तनले पारेको असर तथा जलवायू परिवर्तनमा खेल्नुपर्ने भूमिकाका बिषयमा आम नागरिकहरुलाई जानकारी गराउने उद्धेश्यले उक्त सचेतनामुलक कार्यक्रम गरिएको हो ।
बिद्यालय प्रांगणबाट शुरु भएको र्याली बर्दहवा गाँउ, सुर्खेतरोड, गोर्खा स्कुल हुदै बिद्यालयमा गएर समापन गरिएको थियो । र्यालीको क्रममा बिद्यार्थीहरुले स्वास्थ्य वायु स्वास्थ जिवन, पृथ्वीको संरक्षण दिगो प्रकृतिमैत्री जीवनयापन, प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं, रुख रापौं बातावरण संरक्षणमा टेवा पुर्याऔं, जलवायु न्याय हामी सबैको सरोकार, इन्धनको प्रयोग कम गरौं, पानीका मुहानको संरक्षण गरौं, पानी जागाऔं, रसायनिक मलको सट्टा प्रांगारीक मल प्रयोग गरौं लगायत नारा अंकित प्लेकार्ड र नारा सहित र्याली निकालीएको थियो । सयौं बिद्यार्थीहरु नारा सहित सडकमा उत्रीएपछि आम नागरिकहरुले घरघरको छत तथा सडक छेउबाट उक्त र्यालीको अवलोकन गरिरहेका थिए । र्यालीमा शिक्षक, बिद्यार्थी, अभिभावक र स्थानीयहरुको सहभागिता रहेको थियो ।
यसैगरी सचेतनामुलक र्याली पश्चात बिद्यालयमा बिद्यार्थी, शिक्षक, अभिभावक लगायतको उपस्थितीमा नाटक प्रर्दशन गरिएको थियो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक जय बहादुर बिष्ट, बास नेपालका केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारी, शिक्षक, अभिभावक र बिद्यार्थीहरुको उपस्थिती रहेकोे थियो । र्काक्रमको अन्त्यमा सहभागि सबैले जलवायु न्यायमा कार्य गर्ने भन्दै ९ बुदें साझाँ प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए ।