स्थानीय सरकार सञ्चालन विषयक तालिम

असल शासन प्रतिनिधि

दैलेख/ दैलेखको ठाटीकाँध गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि सकारात्मक सोच तथा स्थानीय सरकार सञ्चालन बिषयक तालिम सम्पन्न भएको छ । ठाटीकाँध गाउँपालिकाको आयोजना, सिआइजीपी को सहकार्य र बास नेपालको सहजिकरणमा फागुन २१ सो तालिम सम्पन्न भएको हो ।

गाउँपालिकाका उपाध्याध्यक्ष देविराम वडुवालको अध्यक्षतामा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारका पुर्व सचिब कृष्ण हरि बास्कोटाले स्थानीय सरकार सञ्चालन, पालिकाकाका काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीकामा हुनुपर्ने असल गुर्ण, सार्वजनिक खरिद, सभा र बैठक सञ्चालन प्रक्रिया, सकारात्मक सोच, उत्प्रेरणा, स्थानीय सरकारले गर्नुपर्ने काम, असल अभ्यासहरु, योजना तर्जुमा सिप, ब्यवस्थापकीय आयाम, लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

तालिमको समापन सत्रमा बोल्दै गाउँपालिकाका उपाध्यक्ष देविराम बडुवालले तालिमबाट स्थानीय सरकार सञ्चालनका बिविध विषयमा जानकारी मिलेको बताए । तालमिबाट सबैलाइ उत्प्रेरणा मिलेको भन्दै तालिममा प्रस्तुत भएका विषयवस्तुलाइ आत्मसाथ गर्न सकेको खण्डमा पालिकामा धेरै काम गर्न सकिने बडुवालको भनाइ थियो । तालिममा गाउँपालिकाका निवर्तमान अध्यक्ष धिर बहादुर शाहीले तालिममा प्रस्तुत भएका विषयवस्तुले सहभागिहरुमा उत्साह थपिएको बताएका थिए ।

तालिमका सहभागिहरुले तालिमले स्थानीय तह सञ्चालन संग सम्बन्धित विविध विषयको वारेमा जानकारी मिलेको र उर्जा थपिएको बताए । तालिमबाट जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास भएको बताउदै स्थानीय सरकारले गर्नुपर्ने धेरै कामहरु गर्न बाँकी रहेको सहभागिहरुको भनाइ थियो । तालिममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रमुखहरु, बिभिन्न बिध्यालयका प्रधानाध्यापक, स्वास्थ्य संस्थाका प्रमुखहरु गरी ६५ जनाको सहभागिता रहेको थियो ।

  • २२ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • Nabintech