६ प्रश्नमा दमन रुपाखेती

असल शासन प्रतिनिधि

दमन रुपाखेती
बरिष्ठ हाँस्य, व्यंग्य कलाकार

१. तपाईको जीवनको आदर्श के हो ?
मेरो जीवनको आदर्श कर्म हो, काम हो ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
म आफ्नो मेहनतको कारण जे छु त्यसैमा खुसी छु, मेरो मेहनतनै मेरो प्रेरणा हो ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
म कलाका माध्यमबाट समाजमा सकारात्मक सोचको बिकास गर्ने कार्यमा व्यस्त छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
मेरो आमा, बुवा र दिदि बित्दाको क्षण मेरो लागि अबिष्मरणिय क्षण हो ।

५. तपाईको बुझाइमा असल शासन भनेको के हो ?
जनताको भावना अनुरुप कार्य गर्नु असल शासन हो जस्तो लाग्छ ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
मान्छेहरुलाई असल बन्न प्रोत्साहित गर्ने मेरो प्रतिबद्धता रहेको छ ।

  • २३ फाल्गुन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech