शर्मिला सुबेदी, ईन्टेग्रेटी आईकन २०२४
जन स्वास्थ्य निरिक्षक, आधारभुत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्ज–११
१. तपाईको जीवनको आदर्श के हो ?
मेरो जीवनको आदर्श भनेको इमानदार पुर्बक कामप्रती लागेर निस्वार्थ सेवा गर्नु हो !
२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
मेरो गुरु मेरो बुवा हो !सानैबाट काम गरी खानुपर्छ ठगेर होइन भन्नू हुन्थ्यो र पछि म धर्मगुरुसङ्ग जोडिन पुगे जस्ले मलाई निस्वार्थ सेवा गर्ने प्रेरणा मिल्यो !
३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
म एकस्वास्थकर्मी भएकोले स्वास्थका समस्या समाधान मात्र नभई समुदायमा आईपर्ने सबै समस्याहरुलाई समाधानका लागि सक्दो प्रयास गर्दछु !
४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
एक किशोरीलाई उनको केटा साथिले इमोसनल ब्ल्याकमेल गर्दा उनिलाई मानसिक तनाब बढी भएर आत्महत्या गर्ने सोचमा पुगिसकेकी थिईन उनिसङ्ग मेरो भेट भयो र मैले उनलाई काउन्सिलिङ्ग गरेर उनको समस्या समाधानको उपाय बताईसकेपछी उनिले मैले भनेबमोजिम गरिन त्यो मेरो जिवनको अबिस्वास्निय क्षण हो !
५. तपाईको बुझाइमा असल शासन भनेको के हो ?
असल शासन भनेको आफुले आफुलाई शासन गर्नु हो ! जस्तो कि सरकारी कर्मचारीले अफिस समय १० देखि ५ हो भन्ने त्यो नियममा चल्नु पर्यो,त्यहाको नियम अनुसार चल्नु र यदि आफुलाई आफैले शासन गर्न नसके त्यहाको प्रशासन लागू हुन पर्यो !
६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
समाजका लागि मेरो प्रतिबद्धता म जुन ठाउँमा रहन्छु म प्रत्येक जाति ,बर्ग ,धर्म ,लिंगको भेद नगरी निस्वार्थ सेवा गर्ने छु !