नेपालगञ्ज / कोहलपुर नगरपालिकामा सामुदायिक तथा निजि बिद्यालयका शिक्षकहरुलाई दुईदिने जिवन उपयोगी सिप शिक्षा तालिम दिईएको छ ।
कोहलपुर नगरपालिका वार्ड नं १० को आर्थिक सहयोग तथा बास नेपाल को आयोजनामा फागुन २७ र २८ गते दिनको तालिम सञ्चालन गरिएको हो ।
त्रिभुवन नमुना माबि, जीजन ज्योती नमुना माबि, शला बोर्डिङराष्ट्रि माबि चटार,राम जानकी माबि, तक्षशिला बोर्डिङ स्कुल, ज्ञान ज्योती माबि, डाईनामिक बोर्डिङ स्कुल र बागेश्वरी ईङ्गिलस बोर्डिङ गरी ८ वटा बिद्यालय बाट २१ जना शिक्षक शिक्षिकाहरुको तालिममा सहभागी रहेको थियो ।
सहजकर्ता सुष्मिता लामा र सविता कुमारी सुनारले सहजीकरण गरेको उक्त २ दिने तालिममा रूम टू रीड बाट मिनि जोशी र बालिका शिक्षा कार्यक्रमका कार्यक्रम अधिकृत निरोज कोइरालाको उपस्थिति रहेको थियो ।
तालिमको समापन सत्रमा बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, कोहपुर वडा नम्बर १० का वडा अध्यक्ष गौरा कुमारी अधिकारी, सामाजिक बिकास समिति संयोजक ईश्वरी प्रशाद बिकको उपस्थिति रहेको थियो ।