सामाजिक संजाललाई मर्यादित बनाईनु पर्ने

असल शासन प्रतिनिधि

काठमाडौँ/ नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सन्जाललाई मर्यादित बनाउनु पर्ने बताए ।

गैरसरकारी संस्था महासँघ नेपालको केन्द्रीय कार्य समितिका नवनिर्वाचित पदाधिकारीहरूसङ्ग भएको भेटमा मन्त्री गुरुङले सो कुरा बताएका हुन् ।

उनले सामाजिक सन्जाल मार्फत भईरहेको मनपरी रोक्न सामाजिक सन्जाल ऐन ल्याउन लागेको बताए । उनले यो बिधेयक अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई निषेध गर्नका निम्ति नभएको बताए ।

गैरसरकारी संस्था महासँघ नेपालको नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै मन्त्री गुरुङले सामाजिक संघ-संस्थाहरुको योगदान देशका लागि उच्च रहेको बताउँदै भने – महासँघले सामाजिक सन्जाल मार्फत बढिरहेको अराजकता रोक्न पहल गर्नुपर्छ ।

भेटमा नवनिर्वाचित अध्यक्ष भट्टराईले सङ्घ संस्थाहरूको दर्ता तथा सञ्चालनका लागि नयाँ एकीकृत ऐनको मस्यौदा तयार गर्ने कार्य सुरु भएको सन्दर्भमा सङ्घ संस्थाहरूसँग पर्याप्त समन्वय र परामर्शका आधारमा मात्र कानुन निर्माण गर्न आवश्यक समन्वय गरिदिन मन्त्रीसङ्ग आग्रज गरे ।

मन्त्री गुरुङ्गसङ्गको भेटमा अध्यक्ष अर्जुन भट्टराई, वरिष्ठ उपाध्यक्ष नानिमाया थापा, महासचिव देबि खड्का, उपमहासचिव किरण थापा, भवराज रेग्मी, कोषाध्यक्ष गोबिन्द शाही, सचिव नमस्कार शाह र टिम लिडर हुम भण्डारी सहभागी थिए ।

  • ३० फाल्गुन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech