नेपालगन्ज – महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल विजयी भएको छ।
निर्वाचनमा अध्यक्षमा केशर जंग शाहि, सचिवमा चिरञ्जीवी बुढा, कोषाध्यक्षमा सुरेन्द्र रावल विजयी भएका छन् । यस्तै सदस्य पदमा अमिश बि.क., वन्दना थारु, अंकित कुमार यादव, टक्क रोकाया, निरज यादव, राजिब साह, शिशिर सुवेदी र गोपाल आउजी विजयी भएका छन् ।
विजयपछि अध्यक्ष केशर जंग शाहिले सबै विद्यार्थीको विश्वास जित्न सफल भएको भन्दै धन्यवाद व्यक्त गरे ।