सिकेको सिपलाई उत्पादनशिलमुलक बनाउनुस -उपाध्यक्ष मल्ल

असल शासन प्रतिनिधि

नेपालगञ्ज  / तालिमबाट सिकेको सिपलाई ब्यवहारमा लागु गरि उत्पादनशिलतामा लागु गर्नुपर्ने खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले एक कार्यक्रममा बताएकी छिन् ।

खजुरा गाँउपालिकाको आर्थिक सहयोग तथा दिदी बहिनी समाज बाँकेको आयोजनामा खजुरा स्थित नेपाल रेडक्रस सोशाईटीको हलमा आयोजित कृस्टलको चुरा पोते बनाउने तालिमको समापनमा बोल्दै खजुरा गाँउपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले बताएकी हुन् ।

महिलाहरुको सिप अबिभृद्धिका लागि खजुरा गाँउपालिका लागि परेको र आबश्यक्ताका आधारमा बिभिन्न सिपमुलक तालिमहरु आयोजना गर्दै जाने उपाध्यक्ष मल्लले बताइन् ।

२०८१ माघ २७ गते देखि फागुन २७ सम्म सञ्चालन भएको कृष्टल चुरा पोते तालितमको समापन कार्यक्रममम बोल्दै खजुरा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बस बहादुर रानाले लक्षित बर्ग कार्यक्रम अन्तर्गत सञ्चालन भएको यस तालिम बाट सिकेका कुरालाई सहभागीहरुले ब्यवहारमा लागु गर्न सुझाव दिए ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहले नमस्कार शाहले तालिमका सहभागी हरुको प्रतिक्रिया र उत्पादन गरेको सामाग्री देखेर तालिमले उपलब्धीमुलक भएको बताए । साथै उनले भने अहिलेको समाजमा तालिम सबै लिन खोज्ने तर तालिम प्रबृति बढेकाले यस तालिमबाट सिकको कुरालाई आत्मसाथ गदै उत्पादनशिलतामा लगाउन आग्रह गरे ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी शुसिला न्यौपाने, सामाजिक बिकास समिति संयोजक कृष्णा पोखरेल, तालिमकी प्रशिक्षक सबिता लामिछानेले बोलेका थिए भने तालिमका सहभागीहरुको तर्फबाट तृष्ण पोखरेल र बिनिता पौडेलले प्रतिक्रिया मन्तब्य राखेका थिए ।

दिदी बहिनी समाज बाँकेकी अध्यक्ष रमा शाहको अध्यक्ष्तामा आयोजित तालिम समापन कार्यक्रममा दिदी बहिनी समाजकी सदस्य शोभा थापा मगरले स्वागत भनाई रखेकी थिईन् ।कार्यक्रम दिदी बहिनी समाजकी उपाध्यक्ष लुना बुढाथोकीेले सञ्चालन गरेकी थिईन् ।

  • ५ चैत्र २०८१, बुधबार प्रकाशित

  • Nabintech