जिल्ला अदालतको विरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता

असल शासन प्रतिनिधि

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझेको र बदर हुनुपर्ने माग राख्दै लामिछानेले निवेदन दर्ता गराएका हुन् । उनले आफूलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग समेत गरेका छन् ।

  • ७ चैत्र २०८१, शुक्रबार प्रकाशित

  • Nabintech