बाँके/ बास नेपाल बाँके शाखाको १० औं जिल्ला अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशन अन्तरगत भएको निर्वाचनमा नेपालगञ्ज उपशाखाका रामु चिडिमार निर्वाचित भएका छन् ।
बाँकेका ८ वटै उपशाखाका प्रतिनिधिहरुको सहभागिता रहेको सो निर्वाचनमा चिडिमारले ३१ मत प्राप्त गरेर निर्वाचित भएका थिए भने उनका प्रतिद्धन्द्धि नेपालगञ्ज उपशाखाकै अशोक रावलले ३० मत प्राप्त गरे ।
अन्य पदहरुमा सर्बसम्मत भएको थियो । निर्वाचन अधिकृत हेमराज भट्टका अनुसार, बाँके शाखाको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष पदमा क्रमशः लोक बहादुर घर्ति, चेत कुमारी श्रेष्ठ, पवनराज उपाध्याय, सकिल अहमद राई सर्बसम्मत भएका छन् ।
यसैगरि सदस्यहरुमा शोभा भण्डारी, निशा गिरी, यामनारायण पौडेल, सममसुद्धिन खाँ, राज कुमारी थारु र ओम प्रकाश चौहान सर्बसम्मत भएका छन् ।
निर्वाचन हुनुपूर्ब बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, निर्बमान केन्द्रीय अध्यक्ष रमेश सिटौला, उपाध्यक्ष शिव कुमार बर्मा लगायतले बालेका थिए