ट्याँकरले ठक्कर दिँदा दुई बालकको निधन, बेतहनी तनाव ग्रस्त

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार दुई जना बालकको घट्नास्थलमै मृत्यु भएको छ।

आइतबार अपरान्ह स्थानीय नौरीगौढी ईंगलिश मेडियम स्कुलबाट पढेर घर फर्कंदै गरेका दुईजना बालकलाई भे १ ख १४१७ नम्बरको पानी बोक्ने ट्यांकरले ठक्कर दिंँदा दुबैजना बालकको घट्नास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुने बालकमा विशाल कुमार गोडिया र शिव कुमार गोडिया रहेको जानकारी प्राप्त भएको छ। आक्रोशित भएका स्थानीयले साइकललाई ठक्कर दिने ट्यांकरलाई आगो लगाएर ध्वस्त पारिदिएका छन्।

प्रहरीका अनुसार सो घट्नाको विरोधमा बेतहनी चोकमा चक्काजाम गरेर स्थानीयले प्रदर्शन गरिरहेका छन् भने ट्यांकर चालकलाई बेतहनी प्रहरी चौकीमा राखिएकोले केही स्थानीयले चौकी घेरेर चौकीमाथि ढुंगा प्रहार गरेका छन्।

घटनालाई नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको बताईएको छ ।

दुर्घटनामामा मृत्यु भएका बालकको शव अझै घट्नास्थलमै रहेको छ भने बेतहनी चोक र सो वरिपरि ठुलो संख्यामा स्थानीय भेला भएका छन्।

  • ९ चैत्र २०८१, आईतवार प्रकाशित

  • Nabintech