भ्रष्टाचार बिरुद्ध छैटौं राष्ट्रिय युवा सम्मेलन नेपालगञ्जमा हुँदै

गैससहरु बिच समन्वय बैठक, सम्मेलन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बास नेपालको आयोजनामा यहि चैत्र २२ गते सो सम्मेलन हुने भएको हो ।

सम्मेलनमा ७७ जिल्लाका युवाहरुको सहभागिता रहनेछ । सम्मेलनलाई राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, भ्रष्टाचार बिरुद्धका अभियन्ता केदार खडकाले सम्बोधन गर्ने भएका छन् ।

सोही सम्मेलनको सन्दर्भमा आज बाँके स्थित गैससहरु बिच समन्वय बैठक सम्पन्न भएको छ । समन्वय बैठकमा सहभागि गैससका प्रमुख तथा प्रतिनिधिहरुले सम्मेलनलाई सफल पार्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

गैसस महासंघ नेपाल बाँकेका पूर्ब अध्यक्ष तेज बिक्रम शाहले भ्रष्टाचार बिरुद्धको राष्ट्रिय युवा सम्मेलन नेपालगञ्जमा हुनु खुसीको कुरा भएको उल्लेख गर्दै सम्मेलनलाई सफल पार्न सबैलाई आह्वान गरे ।

कार्यक्रममा गैसस महासंघ नेपाल बर्दियाका पूर्ब अध्यक्ष कृष्णजँग शाहले सम्मेलनलाई भव्य र सभ्य रुपमा सफल पार्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै गैसस महासंघ नेपाल बाँकेका सल्लाहकार प्रकाश नेपालीले सम्मेलनमा सिमान्तकृत बर्गका युवाहरुको सहभागिता हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा गैसस महासंघ नेपाल बाँकेका कार्यबाहक अध्यक्ष मन भण्डारी, सचिव रमेश सिटौला, नाईस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट, शक्ति समूह नेपालगञ्जकी प्रमुख निर्मला पौडेल, सामाजिक रुपान्तरण मञ्चकी कार्यक्रम संयोजक नन्दा घिमिरे, बि ग्रुपकी उपाध्यक्ष मिरा खनाल, दलित महिला संघ (फेडो) की कार्यक्रम संयोजक दिलिशा गौतम, सामुहिक अभियान नेपालकी अध्यक्ष केशु पोख्रेल, दिदि बहिनी समाज बाँकेकी अध्यक्ष रमादेबि शाह, रेस्क्यु नेपालगञ्जका कार्यकारी निर्देशक जीवन गिरी, समाज सुधार नेपालका अध्यक्ष बिनोद थापा, स्याक नेपालकी अर्मिला रोकाय, युरासिय रेयुकाई नेपालगञ्जका अध्यक्ष ईन्द्रजित सिंह, सहयोगी मन बाँकेकी अध्यक्ष ईन्दिरा शाही लगायतले कार्यक्रम सफल पार्न आवश्यक सहयोग गर्ने बताएका थिए ।

७७ वटै जिल्लाका ५०० बढि युवाहरुको सहभागितामा सम्पन्न हुने कार्यक्रममा भ्रष्टाचार बिरुद्ध बिशेष अनुभव संगालेका उल्लेखित व्यक्तिहरुको मन्तव्यका साथै ७ वटै प्रदेशबाट प्रतिनिधित्व गर्ने भ्रष्टाचार बिरुद्धका युवा अभियन्ताहरुको मन्तव्य कार्यक्रममा रहनेछ ।
सम्मेलनमा खुल्ला छलफललाई बढी महत्व दिईनेछ जस अन्तरगत सुचनाको हक प्रबद्र्धनमा युवाको भुमिका, भ्रष्टाचार बिरुद्ध युवाहरुको भुमिका र सदाचार प्रबद्र्धनमा युवाको भुमिका लगाएतका विषयमा छलफल गरिनेछ ।

खुल्ला छलफल पश्चात सदाचार प्रबद्र्धन तथा भ्रष्टाचार न्यूनीकरणका लागि देशै भरीका युवाहरुको सुझावको आधारमा साझा धारणा तय गरि नेपालगन्ज घोषणा—पत्र २०८१ जारी गरिनेछ ।

  • १० चैत्र २०८१, सोमबार प्रकाशित

  • Nabintech