नेपालगन्ज/ राजसंस्थाको पुनस्र्थापनाको माग राख्दै भएको आन्दोलनका क्रममा अराजक समूहले सञ्चार गृह र सञ्चारकर्मीमाथि गरेको आक्रमणप्रति स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले आपत्ति जनाएको छ ।
शुक्रबार काठमाडौँको तिनकुने क्षेत्रमा भएको प्रदर्शनमा आगजनीको समाचार संकलन गर्ने क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घटना प्रति प्रेस विज्ञप्ती निकाल्दैे वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय समिति र बिभिन्न शाखाहरुले कडा आपत्ती जनाएका छन् ।
स्वतन्त्र पत्रकार संघ नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा प्रदर्शनकारी समूहले सञ्चारकर्मीलाई आतंकित तुल्याउने र ज्यानै जाने गरी भएको घटनालाइ निन्दनीय र भत्र्सनायोग्य भनिएको छ । संघको विज्ञप्तीमा भनिएको छ लोकतन्त्रको नाममा आम नागरिकको जनजीवन प्रभावित पार्ने, हिंसात्मक आक्रमण, तोडफोड, आगलागी, लुटपात जस्ताघटनाका साथै सञ्चार माध्याम र सञ्चारकर्मीमाथी नै आक्रमण र निजी सम्पतीमा क्षती पुर्याउने जस्तो भम्भिर गल्ती क्षम्य हुन सक्दैन । आन्दोलन वा प्रदर्शन वा कुनै पनि नाममा पत्रकार वा संचारकर्म वा क्षेत्रमा हुने आक्रमण वा हस्तक्षेप स्विकार्य छैन । साथै मृतक पत्रकार सुरेश रजकको निधनप्रति गहिरो दुख व्यक्त गर्दै शुक्रबारको घटनाको न्यायोचित समाधान गरी आगामी दिनमा यस किसिमका घटना हुन नदिन स्वतन्त्र पत्रकार संघ नेपालले सरकारको ध्यानाकर्षण गरेको छ ।
प्रेस तथा अभिव्यक्ति स्वत्वन्त्रतामाथि भएका जुनसुकै प्रकृतिका घटना, वाधा र अवरोधको घोर भत्सना गर्दै प्रेस तथा अभिव्यक्ति स्वत्वन्त्रताका लागि सबै पक्षलाइ जिम्मेवार र जवाफदेही हुन स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले आग्रह समेत गरेको छ ।