मुगु/ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुको आयोजनामा पहिलो पटक मुगुका खत्याड गाउँपालिकाको रामतडीमा उद्योग वाणिज्य सम्बन्धि २ दिने घुम्ती शिविर सञ्चालन भएको छ ।
४ ओटा स्थानीय तह मध्ये सो गाउँपालिकामा सो घुम्ति शिबिर सम्पन्न भएको हो ।
खत्याड गाउँपालिकाबाट जिल्ला सदरमुकाम जान सेवाग्राहीहरुलाई सेवा लिन जाँदा २ दिन लाग्ने भएकाले उक्त समस्यालाई मध्यनजर गरेर जनतालाई बढी भन्दा बढी सेवा सुविधा उपलब्ध होस् भन्ने उद्धेश्यले सो घुम्ती शिविर सञ्चालन गरिएको बताईएको छ ।
उद्योगमा नयाँ ४ र नबिकरण १० गरी १४ जना सेवाग्राहीले सेवा लिनुका साथै १०० जनाले उक्त सेवाको बारेमा जानकारी लिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका कार्यालय प्रमुख टंक प्रसाद न्यौपानेले बताए ।
सो शिविरमा उद्योग दर्ता नवीकरण लगायतका विभिन्न सेवा सुविधा उपलब्ध गराएको सुबला साउँदले बताइन् ।
यसैगरि कार्यालयले माघ १० गते देखि चैत्र ११ गते सम्म २ महिने हाते होजियारी तालिम सम्पन्न भएको जनाएको छ । ११ जनाको सहभागितामा सुइटर, टोपी, लेस, रुमाल लगायतका वस्तु उत्पादन तथा बुनाई सिप प्रदान गरिएको तालिम संयोजक धन बहादुर वुढाले जनाए ।
सो तालिमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सरिता रोकाय थिइन् भने सो कार्यक्रमको समापन उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका कार्यालय प्रमुख टंक प्रसाद न्यौपानेले गरेका थिए ।