कोहलपुरमा ट्याग मि

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ ट्याग मि एप बारे कोहलपुरमा अभिमुखिकरण सम्पन्न भएको छ ।

रेष्टलेस डेभलेपमेन्ट, क्रियसन नेपाल र युथ ईनोभेसनको सहयोग तथा बास नेपालको आयोजनामा शनिवार उक्त अभिमुखिकरण सम्पन्न भएको हो ।

प्लाष्टिक जन्य फोहोर मैला ब्यवस्थापन र जवाफदेहता परियोजना अन्तर्गत कोहलपुरको नोबेल मन्टेश्वरीमा आयोजित अभिमुखिकरणमा १५ वटै वडाका स्वयंसेबकहरु सहभागी रहेका थिए ।

कोहलपुर नगरपालिका भित्रको सरसफाईको अबस्थाको बारेमा जानकारी लिन र अलग अलग स्थानको अबस्था प्राप्त गर्ने उद्धेश्यका साथ सबै वडामा स्वयंसेवक परिचालन गर्न लागिएको हो ।

अभिमुखिकरणमा बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, कोषाध्यक्ष कल्पना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, प्रशासन प्रमुख शुद्ध चौधरी, जन सम्पर्क अधिकृत माधव कार्की र युथ ईनोभेसनका प्रेम बुढाथोकीको उपस्थिति रहेको थियो ।

अभिमुखिकरणमा युथ ईनोभेसनका प्रेम बुढाथोकीले सहजिकरण गरेका थिए भने कार्यक्रम सञ्चालन बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले गरेका थिए ।

  • १५ चैत्र २०८१, शनिबार प्रकाशित

  • Nabintech