काठमाण्डौं/ पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाण्डौं महानगरको जरिवानाको पत्र बुझ्न नमानेपछि हुलाकमार्फत पठाएको छ ।
‘जरिवानाको पत्र बुझाउन गएको टोलीलाई भित्र जान नदिएपछि फर्केर हुलाक मार्फत पत्र पठाएको नगर प्रहरीले जानकारी दिएको छ । महानगर प्रहरीको डीएसपी पूर्णचन्द्र भट्टको नेतृत्वमा पत्र बुझाउन टोली आज बिहान पुगेको थियो । महानगरले गत शुक्रबारको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको थियो ।