पादुका त्रिवेणीधाम बाजुराको जानकारी

पवन राज उपाध्याय

बाजुराको कैलाश पादुका सतीदेवीको पाउ खसेको स्थान
कर्णालीको किनारामा रहेको यस धाममा सति देवीको पाउ खसेको बिस्वास गरिन्छ । यस ठाउँमा पाण्डबहरु कैलास प्रवेश गर्दा यसै ठाउँमा बसेर यो मन्दिर निर्माण गरेको भनिन्छ,कालान्तरमा यो मन्दिर भत्किएपछि बालनरसिंह कुवर जो जंग बहादुर राणाको बुबाले बि स १८१६ मा यस मन्दिरको पुन निर्माण गरेको बताईन्छ। बाजुरा जिल्लाको उत्तरी भेगमा पर्ने कोल्टि बजार देखि नजिकै रहेको कैलाश पादुकामा स्नान गरे मानसरोवरसम्म पुग्नै नपर्ने मान्यता पनि छ।

चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने मानसरोवर धार्मिकस्थलमा जान नसक्ने दर्शनार्थीलाई बाजुराको पादुकामा दर्शन गरे हुन्छ । मानसरोवरको दायाँपट्टिको पर्वत पादुकामा आएर मात्र काटिन्छ । त्यहाँ स्वामीकार्तिकबाट आएको पर्वत र बडिमालिकाबाट आएका पर्वतहरू एकैठाउँमा आएर कर्णालीको कुण्डमा त्रिवेणी बनेको छ, जो पादुका हो ।

मानसरोवरको मुहानबाट, जमिनको सतहमुनीबाट आउने पानीको केही अंश पादुका कुण्डमा निस्कने भएकाले यसको खास महत्त्व छ । शिवपार्वतीको मूर्ति आकृतिको पहाडको दाहिनेपट्टिको अकाट्य पर्वत बाजुराको पादुका कुण्डमा कर्णाली नदीले काटेको छ । त्यही पहाडको मुनि हुँदै पानी पादुका कुण्डमा आउने गरेको छ। ुयो कुण्डमा हरेक वर्षको मकर संक्रान्तिका दिन राति कर्णाली नदीको बीचमा र त्यो पानी मिसिने ठाउँमा आगोको मुस्लो देखिन्छ ।ु मानसरोबर जान नसक्नेले यहीँबाट जल भरेर लिने गरेको छ।जसलाई अग्नि ज्वाला भनिन्छ ।

यस क्षेत्रमा स्थानीयले पुर्खौंदेखि मान्दै आएको पादुका मन्दिरको संरक्षण र सम्बर्द्धन गर्न आवश्यक रहेको स्थानीय बासिन्दा बताउँछन् । तर, अहिलेसम्म संरक्षणका लागि भने खासै काम भएको देखिँदैन। बुढिनन्दा पोरखे गुफालगायत दर्जनौँ धार्मिक एवं पर्यटकीय स्थलभन्दा बढी महत्त्व बोकेको पादुका कुण्ड क्षेत्र हो । पादुका मन्दिर भएको पर्वत र पादुका कुण्ड प्रसिद्ध धार्मिकस्थल हो । यो मानसरोवर जाने मार्ग पनि हो मानसरोवरसम्मको अकाट्य डाँडाबाट जल बगेर आएको हुन सक्ने धार्मिक विश्वास छ । पौराणिक किंवदन्तीअनुसार मानसरोवरबाट स्नान गरी फर्केका दर्शनार्थीले पादुकाको दर्शनभेट गरी जल भरेर लैजाने चलन छ । उक्त जल घर तथा मन्दिरमा राख्नाले घरको सृष्टि हुने र आपसमा सद्भाव जागृत हुने जनविश्वास छ । हरेक वर्ष भारतबाट यही बाटो भएर मानसरोवर जानेको संख्या नगण्य हुन्छ । नेपालका अरु बाटोभन्दा यो बाटोको प्रयोग पर्यटकका लागि सहज रहेको छ । बाजुराको यो स्थानमा आउन सजिलो र कम खर्चिलो छ ।

पादुका त्रिवेणीधाम बाजुरा जहाँ वर्तमानमा पनि सती माताका चरण चिन्ह अवस्थित छन् । स्कन्ध पुराण अनुसार पाण्डवहरुले कैलाश मानसरोवर तीर्थ यात्रा गर्दा, शिवजीको आराधना गरेर सिद्धेश्वर महादेव को स्थापना गर्नु भएको थियो । यो कैलाश मानसरोवर जाने सबै भन्दा सजिलो र छोटो मार्ग पनि हो। जहाँ स्वयंभू अग्निदीप ज्वालाको पनि पर्व विशेषमा दर्शन हुने गर्दछ। सोहि स्थानको तलहटी कर्णाली र बड्डी गंगाको त्रिवेणी संगममा विड्डसंड्ड २०६७ कार्तिक महिनामा श्रीमद्भागवत सप्ताहको आयोजना भएको थियो। नवीन सिद्धेश्वर महादेव मन्दिर निर्माणको लागि शिलान्यास पनि भएको आज सिद्धेश्वर महादेव मन्दिर सहित १०८ दर्शनीय शिवलिङ्गहरुको पनि स्थापना भएको छ। जहाँ अत्यन्त धार्मिक एवं आध्यात्मिक वातावरणको सृजना भएको छ। यसको विकाशको निम्ति निरन्तर लाग्नु हुने पण्डित श्री मष्टि प्रसाद पाण्डेय ज्यु र सहयोगी सरकारी निकाय र दानवीर दाताहरु धन्यवादका पात्र हुनुहुन्छ।। यसको ठिक पारी पट्टि श्री सनातन विद्यापीठ गुरुकुल छ। जहाँ अहिले सयौ ब्रह्मचारी बटुकहरु भविष्यका धर्मरक्षक, धर्मप्रचारक वेद वेदाङ्गको अध्ययन गरीरहेका छन् । यसको संरक्षण , संवर्धन, शिक्षण, प्रशिक्षणमा योगदान गर्नु हुने समस्त सुपात्रहरु धन्यवादका पात्र हुनुहुन्छ।

कैलाश मानसरोवरबाट प्रवाहित भएर आएकी कर्णाली गंगाू र बुडीनन्दा र बडीमालिका बाट आएर कोल्टिको दान सांगुमा मिलेर दुबै पवित्र नदीहरुको संगम एकता भएर यहाँ कर्णाली गंगामा बड्डीगंगा ९ बड्डीगाण० र कर्णाली गंगाको पावन संगम भएको हुनाले यहाँ पवित्र प्रयाग र त्रवेणीको निर्माण पनि भएको छ। यसको भूगोल चार वटा पालिकामा फैलिएको छ। बुडीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामी कार्तिक गाउँ पालिका र जगन्नाथ गाउँ पालिका।। चारै वटा पालिकाको आस्थाको केन्द्र र धार्मिक धरोहरको रुपमा चिनिन्छ। यति मात्र न भएर सम्पूर्ण बाजुरा जिल्ला, कालीकोट जिल्ला, मूगू जिल्ला र हुम्ला जिल्लाको पनि मुख्य तीर्थ हो । यो कैलाश जाने मुख्य मार्ग पनि हो यसैले यसलाई कैलाश द्वार भनेर पनि चिनिन्छ। यस पावन तीर्थलाई सरकारी निकाय र राष्ट्रिय मिडियाहरुले अलीकता मात्र चासो राखेका भए विश्वका कैलाश माासरोवर तीर्थ यात्रीहरुको एक विशेष द्वार हरिद्वार समान विश्व प्रसद्ध तीर्थ ूकैलाशद्वारूबन्न सक्ने प्रबल सम्भावना रहेको छ।

केहि वर्ष पहिले त यो ठाउँ सुनसान । तर अहिले यहाँको चहल पहल निकै बढेको छ। जहाँ बाट प्रसिद्ध रारा ताल जान पनि अत्यन्त सजिलो र छोटो बाटो छ। यस पादुकाधामको ठूलो धार्मिक महत्त्व रहेको छ। सतियुगमा सतिदेबी माताको अंग पतनभएको समयमा पाउ पतन भएर पादुका त्रिवेणीधाम शक्तिपिठ नामले प्रसिद्ध भएको बारे बर्णन विभिन्न बेद पुराणहरुमा अध्यन गर्न र जानकारी लिन सकिन्छ। परापुर्बकालमा थुप्रै ऋषि बिद्वान महात्माहरुले तपस्या गरेको यो पबित्र भुमी हो। कर्णाली नदि र बुढिनन्दा धामको जल सहित कैलाश मानासरोबरको पबित्र जलको दोभानको संगम मिलेको छ।यहाको जलले मात्र पनि स्नान गर्नाले सम्पुर्ण पापहरु बाट मुक्ति मिल्ने ठूलो धार्मिक महत्त्व रहेको छ।यो धाममा दर्सन गर्नाले मात्र पनि ठूलो पुण्य मिल्ने धार्मिक जनबिश्वास रहेको पाइन्छ। कर्णाली करिडोर राजमार्गको सामुन्नेमा रहेकोले यस धाममा दर्सन गर्नको लागि सरल पनि छ। नेपाली सेना लगाएत विभिन्न दानी र ज्ञानि ब्याक्तित्वहरुको सहयोग र सहकार्यमा अहिले यस धामको बिकासमा ठूलो सहयोग मिलेको छ।

मेरा परम मित्र श्री धर्मराज उपाध्याय ज्युले यस धामको संरक्षणमा धेरै मेहनत गर्नुभएको छ। उहाँले गर्नुभएको योगदान प्रती म कृतज्ञत भएको छु।त्यस्तै अरु पनि थुप्रै सज्जन ब्याक्तित्वहरु लाइ पनि धन्यवाद दिन चाहान्छु। हाम्रो बाजुरा जिल्लाको पबित्र क्षेत्रहरुलाइ प्रचारप्रसार गरि रास्ट्रको गरिमा बढाउनु हाम्रो परम धर्म हो। आन्तरिक र बार्य तिर्थालु भक्तजनलाई यस धाममा आउने बाताबरण मिलाउन सकेमा बाजुराको अर्थतन्त्रमा टेवा पुग्नुका साथै धार्मिक सरक्षण हुने पनि देखिन्छ । बुढिनन्दा नगरपालिका , जगन्नाथ गाउपालिका ,हिमाली गाउपालिका, त्यस्तै स्वामिकार्तिक गाउपालिकाको सरकारले सहयोग र सहकार्य गरेमा छिटो बिकासमा फड्को मार्ने देखिन्छ।सम्पुर्ण देश बिदेशमा रहनुभएका दाजुभाइ दिदिबहिनीहरुले पनि यस धामको बिकास र बिस्तारमा सक्दो सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धर्मको रक्षा गर्नु र पुरातात्त्विक धार्मिक सम्पदाको संरक्षण गर्नु हाम्रो दायित्व हो।

  • १८ चैत्र २०८१, मंगलवार प्रकाशित

  • Nabintech