विद्युत प्राधिकरणका कर्मचारी कुटिए

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपाल बिधुत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका कर्मचारीमाथि कुटपिट भएको छ । कार्यालयको कार्य सम्पादन गर्ने क्रममा फिल्डमा खटिएका कर्मचारीहरुलाई कुटपिट गरी गम्भीर घाइते बनाइएको नेपालगन्ज वितरण केन्द्रले जानकारी दिएको छ ।

विद्युत् महसुल नतिरेपछि मंगलबार दिउसो लाइन काट्ने क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ एकलाइनीका स्थानीयले घेराबन्दिी गी कर्मचारीमाथि कुटपिट गरेको पाइएको छ । कुटपिटको क्रममा लोकेन्द्र जंग शाही, उदय राज यादव, सतीराम यादव, सन्तराम यादव लगायत ५ जना कर्मचारी घाइते भएका छन् । घाइते कर्मचारीहरुको हाल भेरी अस्पतालमा उपचारत भइरहेको छ ।

  • १८ चैत्र २०८१, मंगलवार प्रकाशित

  • Nabintech