केन्द्रीय पदाधिकारीलाई स्वागत तथा बधाई

असल शासन प्रतिनिधि

नेपालगन्ज । बास नेपालले नव निर्वाचित केन्द्रीय पदाधिकारीहरुलाई केन्द्रीय कार्यालयमा स्वागत तथा बधाई ज्ञापन गरेकोछ ।
बास नेपालको चैत्र २२ र २३ गते नेपालगन्जमा सम्पन्न १०औं महाधिबेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई फुलमाला र अबिरले स्वागत तथा बधाई ज्ञापन गरेको हो ।


बासका निमित्त कार्यकारी निर्देशक हेमराज भट्टको अगुवाइमा बास केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुले बासका नव निर्वाचित अध्यक्ष शिव कुमार वर्माको नेतृत्वमा रहेको समितिलाई स्वागत गरिएको हो । समितिलाई गरिएको स्वागत पछि बोल्दै बासका केन्द्रीय अध्यक्ष वर्माले बासको दशौं केन्द्रीय महाधिबेशन सफल पार्न कर्मचारीले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यबाद ज्ञापन गरेका थिए । सबैको साथ र सहयोगमा उत्कृष्ट कार्यसमिति चयन भएको भन्दै कार्यसमितिले सदैब कर्मचारीको हितमा कार्य गर्ने प्रतिबद्धता गरे । कार्यसमिति र कर्मचारी बिचको सम्बन्ध बलियो भयो भने मात्रै संस्था अगाडी बढ्ने भन्दै सोही अनुसारको वातावरण सिर्जना गर्न केन्द्रीय समिति लाग्ने उनको भनाई थियो । उनले केन्द्रीय कार्यालयले गरेको स्वागतले थप जिम्मेवार बनाएको प्रतिबद्धता गरे । संस्थाको अभियानलाई थप सशक्त बनाउदै लैजाने उनको प्रतिबद्धता थियो ।
यसैगरी कार्यालयमा बोल्दै बासका निर्वतमान अध्यक्ष लुना बुढाथोकीले अहिलेको समिति सशक्त समिति रहेको भन्दै यो अवधिमा संस्थागत प्रगति बढ्दै जाने विश्वास ब्यक्त गरे । कार्यक्रममा बोल्दै बासका केन्द्रीय उपाध्यक्ष खुमेश सुबेदीले उपाध्यक्षमा निर्वाचित भएसँगै उपाध्यक्षको हैसियतले आफुले संस्थागत सुदृद्धीकरणमा बिशेष ध्यान दिने प्रतिबद्धता गरे । यसैगरी अर्का उपाध्यक्ष दिला शाहले संस्थागत रुपमा थप जिम्मेवारी प्राप्त भएकोमा त्यसको पूर्ण सदुपयोग गर्दै संस्थागत सुदृढीकरणमा लाग्ने बताईन् ।


कार्यक्रममा बोल्दै बासका केन्द्रीय महासचिब कल्पना अधिकारीले संस्थाको केन्द्रीय कार्य समिति र ब्यवस्थापन समिति संग सगै अगाढी बढेमा मात्रै संस्थाले सफलता हासिल गर्ने भन्दै सो कुरामा ध्यान दिने बताए । उनले संस्थागत ब्यवस्थापनलाई थप अब्बल बनाउन आफ्नो भूमिका रहने प्रतिबद्धता गरे ।
बासका प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा संस्थागत अवस्थाको बिषयमा बासका निमित्त कार्यकारी निर्देशक हेमराज भट्टले गरेका थिए । स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा नव निर्वाचित केन्द्रीय पदाधिकारी, पूर्व केन्द्रीय अध्यक्ष रमेश सिटौला र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

  • २४ चैत्र २०८१, सोमबार प्रकाशित

  • Nabintech