लुम्बिनी कप महिला फुटबल विजेताले ५ लाख जित्ने

असल शासन प्रतिनिधि

नेपालगन्ज/ लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तीन विभागीय, भारतको सिलिगुडी फुटबल क्लबसहित ८ टिम प्रतिस्पर्धा गर्ने भएको छ ।

वैशाख ५ देखि १२ सम्म नेपालगन्ज रंगशालामा हुने प्रतियोगितामा घरेलु टिम बाँके–११, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिस्पर्धा गर्ने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुने प्रतियोगिता विजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

हरेक खेलमा उत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । उनले प्रतियोगितापछि नियमित फुटबल प्रशिक्षण गराउनुका साथै रंगशालाको भौतिक पूर्वाधार मर्मतसम्भारमा सहयोग पुर्‍याउने बताए ।

प्रतियोगिताको सबै खेल हेर्नका लागि सिजनल (पूरा प्याकेज) टिकट १५ सय रुपैयाँ तोकिएको छ । विद्यार्थीका लागि सहुलियत दिइनेछ । खेल हेर्न भीआईपी र साधारण प्यारापिटअनुसार टिकट व्यवस्था गरिएको शाहले बताए ।

लुम्बिनी कपमा घोषणा गरिएको पुरस्कार राशि महिला फुटबलको सर्वाधिक राशिभित्र पर्ने आयोजकको दाबी छ । प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास छ ।

  • २७ चैत्र २०८१, बिहीबार प्रकाशित

  • Nabintech