बाँके/ बाँकेको राप्ती नदीमा डुबेर आज एक युवतीको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका–३ स्थित सिनावासमा राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर स्थानीय २० वर्षीया दिक्षिका चौधरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, गाउँका अन्य महिलासँग राप्ती नदीमा माछा मार्न गएका बेला दिक्षिकाको नदीमा डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार, माछा मार्न गएका ११ जना महिला पनि नदीमा दिक्षिकासँगै डुबेका थिए । उनीहरूको सकुशल उद्धार गरिएको छ ।
दिक्षिकाको शवलाई नदीबाट एक घण्टापछि स्थानीय र प्रहरीको सहयोगमा निकालिएको थियो ।