बास नेपालको अध्यक्षमा बर्मा निर्वाचित

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बास नेपालको केन्द्रीय अध्यक्षमा शिब कुमार बर्मा निर्वाचित भएका छन् ।

चैत्र २२ र २३ गते सम्पन्न बास नेपालको १० औं महाधिबेशन अन्र्तगत भएको निर्वाचनबाट बर्मा अध्यक्षमा निर्वाचित भएका हुन् ।

संस्थाका केन्द्रीय उपाध्यक्ष रहेका बर्माले १६२ मत प्राप्त गरेका थिए भने उनको प्रतिद्धन्द्धी केन्द्रीय सदस्य तथा पूर्ब बरिष्ठ केन्द्रीय उपाध्यक्ष सुरेन्द्र शाहीले ३० मत प्राप्त गरेका थिए । यसैगरी केन्द्रीय उपाध्यक्षमा महासविच खुमेश सुबेदीले १५९ मत प्राप्त गरि निर्वाचित भएका थिए । उनका प्रतिद्धन्द्धि पूर्ब केन्द्रीय सदस्य मणिराम बटालाले ३४ मत प्राप्त गरेका थिए ।

यसैगरी केन्द्रीय कोषाध्यक्षमा कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले १२० मत प्राप्त गरि निर्वाचित भएका थिए भने उनका प्रतिद्धन्द्धि केन्द्रीय सदस्य तपेन्द्र मलातीले ७१ मत प्राप्त गरेका थिए ।

केन्द्रीय उपाध्यक्ष महिलामा दिला शाह, केन्द्रीय महासचिवमा कल्पना अधिकारी, केन्द्रीय सचिवमा पाण्डव पुजारा र केन्द्रीय सचिव महिलामा जोशिना थारु निर्विरोध भएका थिए ।

यसैगरी खुला केन्द्रीय सदस्यमा अमर शाही, भुपेन्द्र बस्नेत निर्विरोध निर्वाचित भए भने अपाँगताबाट केन्द्रीय सदस्यमा जुमान सिंह केसी, मधेशी, मुस्लिमबाट केन्द्रीय सदस्यमा मनमोहन बर्मा, दलितबाट केन्द्रीय सदस्यमा ईश्वर बिक, महिलाबाट केन्द्रीय सदस्यमा बसन्ती रोकाय, ललित बिश्वकर्मा ओड निर्विरोध भए ।

प्रदेश तर्फबाट ७ जना केन्द्रीय सदस्य निर्बिरोध भए । जसमा कोशीबाट ईन्द्र के.सी, बाग्मतीबाट सागर बोहरा, गण्डकीबाट कमल शाही, मधेशबाट गोबिन्द बिष्ट, लुम्विनीबाट सिम्रत कौर, कर्णालीबाट भगवती बिसी र सुदुरपश्चिमबाट चिरिञ्जिवी छेडाल केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् । उनीहरुलाई चैत्र २३ गतेनैं बसेको बास नेपालको ५० औं पूर्णकालिन बैठकबाट प्रदेश ईञ्चार्जको जिम्मेवारी दिईएको छ । २५ सदस्सिय केन्द्रीय समितिमा निबर्तमान अध्यक्ष र कार्यकारी निर्देशक पदेन सदस्य रहन्छन् भने २ सदस्य कार्य समितिले मनोनित गर्ने बैधानिक प्राबधान रहेको छ ।

निर्वाचन समितिमा बास नेपालका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिना संयोजक, माईती नेपाल नेपालगञ्जका प्रमुख केशव कोईराला र अधिबक्ता पूर्ण ढकाल सदस्य रहेका थिए ।

निर्वाचन पूर्ब भएको बन्दशर्तमा कार्यकारी निर्देशक नमस्कार शाहले पेश गरेको प्रगति र कोषाध्यक्ष कल्पना अधिकारीले पेश गरेको आर्थिक प्रतिबेदन अनुमोदन गरिएको थियो । केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महसचिव खुमेश सुबेदीले गरेका थिए । कार्यक्रममा हालै बरिष्ठ अधिबक्ताको उपाधि प्राप्त गर्ने बास नेपालका कानुनी सल्लाहकार लोक बहादुर शाहलाई सम्मान गरिएको थियो । कार्यक्रममा शाहले बास नेपालको भवन निर्माणका लागि ५० हजार सहयोग प्रदान गरेका थिए ।

कार्यक्रममा सुष्मा ग्रेस, अशोक रावल, कपिल बिष्टले आआफ्नो कला प्रश्तुत गरेका थिए । कार्यक्रममा प्युठान शाखा अध्यक्ष सुजल श्रेष्ठ, भुपेन्द्र बस्नेत, गोबिन्द बिष्ट लगायतले आआफ्ना सुझाव पेश गरेका थिए ।

निर्वाचन पश्चात बास नेपाले बधाई ज्ञापन कार्यक्रम समेत आयोजना गरेको थियो । संस्थाले नवनिर्बाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको थियो । निर्वाचन समिति संयोजक रुद्र प्रसाद तिमिल्सिनाले बधाई ज्ञापन मन्तव्य व्यक्त गरेका थिए भने निर्वाचन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो । कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रमको समापन केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेकि थिईन् । कार्यक्रममा नवनिर्बाचित केन्द्रीय अध्यक्ष शिब कुमार बर्मा, पूर्ब केन्द्रीय सदस्य द्धय सुरेन्द्र शाही, तपेन्द्र मलातीले मन्तव्य व्यक्त गरेका थिए ।

  • २ बैशाख २०८२, मंगलवार प्रकाशित

  • Nabintech