उनिको होस् या मखमलको घरमा आमाले सियोले बुनेको होस या कुरुसले बुनेको खाडिको होस या कटनको कोक्रामा लगाइदिने फुर्के होस या बामेसर्दा लगाइदिएको बुर्काको टोपी टाउकाको सुरक्षाको लागि होस् या न्यानोपन सृगारको लागि आखिर जे जसोतसो टोपी र जीवन अविस्मरणिय रुपमा मेरा जीवनमा जोडिएको छ । सामान्यतया बाल्यकाल देखि नै माओलिका हजुरबुबाले लगाउने त्यो कालो टोपी होस् या घरमा बा ले लगाउने सबैभन्दा सस्तो अहिले १००/५० मा पाइने ढाकाटोपि देखेर हुर्केको त्यो बाल्यकाल आफैमा अहिले समस्याका समस्याका सम्झदा क्या रमाइलो थियो ..!!
ब्राह्मण कुलमा जन्मिएको म त्यसमाथि पनि घरमा जिजुबा देखिको पुर्खेउलि पेसा कर्मकाण्ड शिरमा टोपी नलाए त ब्राह्मणको छोरो नै हुन्न नि खै कान्छा टोपी किन नलगाई हिड्नु हुन्न भन्ने बा आमा हजुरबुवाको बोली आसिर्वाद बाट हुर्केको ले पनि होला सायद बाल्यकालमा कखरा सिक्दा पनि टोपी छुट्टाउनु हुदैन भन्ने मान्यताले हुर्केको त्यो समय ।
हिमाली पहाडी जिल्ला दोलखा हनुमन्ते कालिञ्चोक जिरीको फेदि चिसो वातावरणमा हुर्काउन पनि आमाले मलाई टोपीको साहारा लिएको होला भन्ने भान हुन्छ अहिले । मलाई थाहा हुदा देखि टोपीको साथ कहिल्यै छुटेको थियन मैले सदैव देख्ने पात्रहरुको शिरमा सदैव ढाका टोपी देख्थे घरका बा को शिरमा होस या माओलिका हजुरबुबा मामा हुदाहुदै दाजुहरु सँग समेत त्यसैले पनि ढाका टोपी लगाउनुपर्छ भन्ने पारिवारिक प्रेरणा मिल्यो ।
बा सँगै तातेताते गर्दै होस् या टुकुटुकु हिड्न सक्ने हुदा सानू बाउन गुरु भन्ने जजमान कहाँ जादा आहाँ कति सुहाउँदो दौरा टोपी सानो कान्छो बाउन लाई भनेर हौसिएका हौसला दिने ती जजमान पनि हालसम्म टोपी लगाउन दिने प्रेरणादायी पात्र हुन मेरो जीवनमा । यति हुदाहुदै पनि उमेरले चौध पन्ध्र वर्ष लाग्दै गर्दा कक्षा ७ मा पढ्दै गर्दा यहीँ ढाका टोपी लगाएको भरमा नै आफुले भोग्नुपरेको ज्यादती लज्जास्पद त्यो समय जहिल्यै ढाका टोपी लगाउदा झल्यास समझन्छु ..!! अहो ती दिन यहाँ उल्लेख गर्दै गर्दा मलाई आजको दिन सम्म ल्याउन प्रत्येक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग स्कुलले शिक्षा प्रदान गर्ने शिक्षकहरु प्रति नतमस्तक छु । भलै यो प्रसंगमा उहाँको चित्त नदुखोस विगतको संमरण मात्रै हो र त्यसले मलाई झनै दिएको प्रेरणा मात्रै उल्लेख्य गर्न चाहेको हु त्यसमाथि उहाँहरूलाई पर्न जाने असर प्रति माफी पनि चाहन्छु । प्रसंगमा नै फर्कौ भलै त्यो उरुन्ठेउलो उमेर खिरिलो दुब्लो शरिर “सामाजिक सामान्य ज्ञानमा भने अलि तेजिलो छ, केटो पढ्न त ल्वादे नै हो ” भनेको सर मिसले अहिले पनि सम्झन्छु ।
ती सामान्य कुरामा धेरथोर जान्ने सुन्ने बन्न त्यो बेलाको रेडियो रेडियोबाट बज्ने कार्यक्रममा दाजुले रेडियो स्रोताकल्ब बनाएर पठाउने चिठि त्यो बेलाका रेडियो नेपाल मा आउने नयाँ बाटो नयाँ पाइला, साथी सँग मनका कुरा, दलन, घटना र विचार, कथा मिठो सारगिको, केदार खड्का को कस्को बजेट कस्को विकास अब खोजौ पूरा हिसाब भन्दै अशल शाशन कार्यक्रम हरुमा रेडियो स्रोता कल्ब गठन गरेर पठाएसि महिना दिनमा रेडियोमा प्रसारण हुने नाम र प्रिट नाम सहित ठुला खाममा हुलाकीले स्कुलमा ल्याएर दिने चिठ्ठि पत्रको योगदान थियो ।
साथीहरू खाममा नाम छापिएको देख्दा कम्ती छक्क कहाँ पर्थे र आफ्नो सान पनि ठुलै हुन्थ्यो ती दिन सम्झदा अझै मन मस्तिष्क उर्जाले भरिन्छ । तिनै कारणले बोल्न वादविवाद वक्तित्वकला हाजिरी जवाफका खुराक दाजुको प्रेरणा र रेडियो थियो तत्कालीन दोलखा जिल्लाको मिर्गे गाविस कालिढुङ्गा माबिको पहिलो एसएलसी व्याजमा पहिलो श्रेणीमा उत्रिण हुने दाजु अर्जुनको भाइ हो नि त भन्ने पनि पहिचान थियो त्यसले पनि केटो दाजुले गर्दा चतुर छ भन्ने स्कुलमा सर मिस अघिल्ला कक्षाका साथीहरू दाइदिदि हरु कुरा गर्थें । दाजु पनि सधैंभरि ढाका टोपी लगाउनुहुन्थ्यो घरबाट स्कुल जादा बा आमाले खै टोपी लगाएको भनेर जबर्जस्ती भएपनि लगाइदिनु हुन्थ्यो ।
कक्षा ७ मा पढ्दै गर्दा लगभग १५ दिन जति टोपीका विषयमा मेैले कक्षामा ठुलो हैरानी खेप्नु पर्यो कारण स्कुलमा ढाका टोपी लगाएकै थियो मुख्यतया सामाजिक पढाउने सर उहाँले भोलि देखि यो टोपी लगाएर आउने हैन भनेर पढ्दापढ्दै उठाएर भोलि देखि टोपी नलाइ आउनु नत्र भनेर गालिगलौज गर्नुभयो म अलमल परे सुरुमा त जिस्काएको होला भन्ने नै भयो भोलि पल्ट सामान्य रुपमा लाएर आय उहाले उठाएर गालिगलौज गर्दै शिरको टोपी ब्याकबोर्डमा लगेर चकको धुलो मेटेर डस्टर बनाउदै बाउन हो यसका घरमा यस्ता टोपी त कति कति डस्टर गजब हुनिरैछ भन्दै टोपीको हुर्मत लिनुभयो म निरीह भएर आखामा आँशु लिएर बसे साथीहरू कोही गिल्ला उडाए कोहि म झै निरास भए यस्तै क्रम साता दस दिन चल्यो म लगाउदै जाने उहाँ खोस्दै अपमानजनक रुपमा गाँलिगलौज गर्ने मैले यो कुरा हेडसरलाइ पनि भने अच्चम त हेडसर पनि ढाका टोपी लाउने तर यसो गर्नुहुँदैन सर किन यसो गरेको मैले पनि लाएको छु नभन्ने गतिविधि नियालेर मौन बस्ने गर्नुहुन्थ्यो । अझ अनौठो त एक जना मिस समेत टोपी खोल !! ए आज पनि यो बाउनले टोपी लाएर आएछ अझ !! भन्दै सिर्कानाले बजाउदै उहीँ सरको शैलिमा टोपीको अपमान गर्नुहुन्थ्यो सम्झदा अहिले पनि आँखा रसाउछ ।
यस्तै हुदाहुदै एकदिन मन्दिरा भन्ने साथिले खेतमा आमालाइ ईश्वरको स्कुलमा टोपी खोस्दै कुटपिट हुन्छ उनी साइनोले मलाई काका भन्थिन काकाले घरमा केही भन्नुहुन्न हजुरआमा भनेर आमालाइ भनिछन बेलुकी भात खाने बेलामा आमाले ए केटा के हो!! यस्तो सुबेको थि !! भनेर भन्नु भो म गला अवरोध गरेर रोइरहे दाजुलाइ आमाले स्कुल गएर बुझ भन्नुभयो । संयोगबस दाजुलाइ नै पढाएका मलाई त्यसो गर्ने सर ब्याचलर दाजु सँगै कलेज पढ्नुहुन्थ्यो । ‘
दाजुले केही समय छिमेकी जनज्योति माबि पुतलिकाठ पढ्न जानू हेडसर गाउकै हुनुहुन्थ्यो दाइ पर्ने उहाँलाई भनेर म फागुनको महिना फाइनल परिक्षाको समय स्कुल चेन्ज गर्ने सल्लाह मा उता गय यता स्कुलमा इश्वर किन आएन कहाँ गयो टोपी कान्डले स्कुल छोड्यो भनेर हल्लाखल्ला भएछ ।
एक हप्ता पछि भाइलाइ स्कुलमा ल्याउनु के हो सल्लाह गरौंला भने सहमति भएछ दाजुले स्कुलमा बोलाउनु भयो आमा पनि जान्छु भन्दै हुनुहुन्थ्यो दाजुले पर्दैन म कुरा गर्छु भन्नु भयो । स्कुल गय सबै बिगार्ने म जस्तो सर मिसहरुले मलाई केही वास्ता गर्नुभएन दाजु क्याम्पस बाट आइपुग्नु भयो अफिसमा छलफल भयो हेडसर नेपाली पढाउने सर ढाका टोपी नै लगाउनुभएको थियो दाजुको शिरमा पनि कुराकानी भयो दाजुले भन्नुभयो सर हजुरहरुले मलाई पनि यहीँ पढाउनु भयो मैले टोपी लगायर नै पढेँ सरहरु पनि लगाउनु हुन्छ किन मेरो भाइलाइ टोपी कै विषयमा यत्रो गरियो !!कि स्कुलमा टोपी लगाउनु हुन्न भन्ने नियम छ !!
भोलि यो भाइ पनि कहिकतै पुग्यो भने मलाई यसो गरेको थियो भनेर सम्झला किन यस्तो गरेको भनेसि एकछिन मौनता छायो केटो पढ्दैन कुरा मात्रै गर्छ अराजक छ भनेर सर मिसले प्रसंग मोडेपछि टोपी आक्रमण गर्ने सरले ठिकै छ त्यरो भाइलाइ नचलाउला भै गो अब मतलब गर्दिन भनेर उहाँले भन्नुभयो दाइले ठिकै छ भनेसि फेरि यहीँ पढ्ने टोपी का विषयमा अब दुर्यबहार नगर्ने सहमति अनुरुप फेरि दैनिकी सुरु भय तथापि त्यसपछिका दिन सामान्य भन्दा फरक रुपमा बिते एक सय दश जनाले एसएलसि दिने ब्याज थियो हाम्रो मलाई यो घटनाक्रम पछि जसरी पनि एसएलसि पास गर्नै पर्ने इख थियो कडा मिहिनेतका बाबजुद ११० जनामा १२ जना पास भएको लिष्टमा म पनि अटाए त्यो टोपीको घाँउलाइ एसएलसि पास भएको रिजल्ट र केटो गफाडी छ ठुला कुरा गर्छ पढ्दैन भन्ने भाष्यलाइ चिर्न सफल भए ती तमाम कालोपाटिमा चकको धुलोमा लिपियका टोपी प्रति सदैव सम्मान छ तिनका बलमा नै इश्वर आज यहाँ छ ..!!! यस्तो खालको एउटा समय झेलेको मलाई मेरो टोपी प्रति विश्वास छ! इज्जत छ! संघर्ष छ! र सफलता छ!
यो टोपी मेरो इमानको प्रतीक हो न्याय निष्ठाको बिम्ब हो !!! सम्पूर्ण तमाम नेपालीमा झण्डा दिवस तथा नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।