समय शक्तिशाली हुने रहेछ ।
२०८१ मेरो विरुद्धमा शक्तिशाली भएर गयो ।
हुनत अलटाईम बल्कबस्टर पुर्ण बहादुरको सांरगीमा म जोडिन पाए !” बुझिन मैले “ गित लोकप्रिय भयो । बसन्त बनाएर एउटा साचिएको कथा भन्नु पर्ने थियो, भनियो ।
चलचित्र सोल्टिनी र हरिहादुरको जुत्तामा काम गरियो । तर केहि ख़राब संयोगहरुले मलाई वेचैन बनाए । उद्देश्य र नियत बिना नै केहि अपजसहरुमा म फँसे । लगातार प्रहार भैरहयो ! आसा छ २०८२ त्यस्तो हुने छैन ।
म एक शान्त र भावुक मनुवा हु । पेशाले सर्जक कलाकार ! कला, भाषा साहित्य, संगितमा काम गर्ने भएकाले बहकिनु स्वभाविक हो । त्यसैले मलाई मानिसहरुको संगत गर्न एकदमै डरलाग्छ किनकि मलाई जस्ले पनि बहकाउन सक्छ ।
आफ्नो स्वार्थका लागि प्रयोग गर्न सक्छ जुन कुरा मलाई धेरै पछि मात्रै थाहा हुन्छ । यो वर्ष सामाजिक सन्जालमा निकै आलोचित भए । तर पनि ठिक छ ।
तपाईलाई मेरो गतिविधि हरु देखेर झनक्क रिस उठदा गाली गलौज गरे पनि तपाईको मन मा मेरा सिर्जना र म प्रतिको धारणा नकरात्मक छैन भन्नेमा म विस्वस्थ छु किनकि मेरो नियत नराम्रो छैन र तपाईको मन नराम्रो छैन ।
तपाईहरुलाई त याद छैन होला- मैले अघिल्लो वर्ष देखि जातिय विभेद विरुद्दको वर्ष भनेर काम गरेको थिए । त्यसैले यो विचमा लगातार विभेद विरुद्का केहि सिर्जना गरे । जस्तोकि जाले रुमाल फाट्यो, दमाईमहाराज गित निकाले, त्यहि समुदायको पात्र भएर पुर्ण बहादुरको सारंगि मा काम गरे र बसन्त बनाए ।
हुनत म स्वयम जहा उभिन्छु त्यहा विभेद विरुद्दको आवाज़ आफै उठिनै रहन्छ तर अब सिर्जनाको हिसावले आफ्नो पुरानै सिर्जनाहरु जस्तै विभिन्न विषय र शैली हरुमा काम गर्ने लक्ष्य छ ।
शुटिङ भएका र हुन बाकि चलचित्रको काम र प्रर्दशन सकाएर फेरी गित संगितमा काम गर्ने छु । निर्देशकका रुपमा बसन्तको कमिकमजोरीहरु सच्याउदै एउटा अर्को एउटा चलचित्र बनाएर फिल्म क्षेत्रको गुण र रिन तिर्नु पनि छ ।
२०८१ मा त मलाई पटक पटक जिवनमा जहा बाट उठेको हो फेरि त्यहि खाडलमा जाकिएको महशुस भयो । तर पनि म उभिएको छु किनकि जिवन बाकि छ, यात्रा बाकि छ, सपना र ज़िम्मेवारी बाकि छ त्यसैले अहिले नै सबै माया र गाली गरेर नसक्नुस है – अझै राम्रो काम गर्न बाकि छ । अझै गल्ती गर्न बाकि छ । २०८१ साल मात्रै सकिएको म सकिएको छैन । थोरै भएपनि म बाकि नै छु है !
नया वर्ष २०८२ शुभकामना तपाई सप्पै सप्पैलाई