सार्वजनिक बिदाको दिन समेत सेवा प्रवाह हुने

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सार्वजनिक बिदाको दिनमा समेत जिल्ला प्रशासन कार्यालयले सेवा दिने भएको छ । शनिबार बाहेकका १६ दिन परेको सार्वजनिक बिदामा जिल्ला प्रशासन कार्यालय खुला रहने सार्वजनिक सूचना जारी गरिएको छ ।

सार्वजनिक बिदाको दिनमा पनि कार्यालय खुला रहँदा जिल्ला प्रशासन कार्यालय बाँकेले नागरिकता नयाँ वा प्रतिलिपि प्रदान गर्ने, पंजीकरण सम्बन्धि सेवा, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले विशेषगरी पर्व र दिवसको अवसरमा हुने सार्वजनिक बिदामा कार्यालय खुला राख्ने जनाएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडान्द खत्री ले एक सूचना जारी गर्दै सार्वजनिक बिदाको दिन पनि सेवा सुचारु हुने ब्यहोरा सार्वजनिक गरिएको छ ।

 

 

  • ३ बैशाख २०८२, बुधबार प्रकाशित

  • Nabintech