पढ्न पाउने लेख्न पाउने हाम्रो अधिकार ।
यहि आवाज दोहोर्याउंछौ हामी बारम्बार ।।
नवजात देखि किशोर सम्म बाल र बालिका ।
बिश्वमा यिनी कर्णदार हुने आ–आफ्नो पालिका।।
सरसफाइ गर्न नसक्ने हुन्छन् बालकहरुले ।
सरसफाइ आमा र बुवा गरीदेऊ अरुले ।।
बालकहरु गरिबी धेरै गाउँ र शहरका ।
नसक्ने बालक सरसफाइ गर्न आमाका भरका ।।
सामाजिक शैक्षिक आर्थिक बाट पछाडी रहेका ।
रुदाछन कति बालबालिका असहाय भएका ।।
बालकहरुको दुख देखेर यहाँ समिती बनेको
बालबालिका शान्तिका क्षेत्र अहिले छ भनेको ।।
बालकहरुको दुख हटाउनलाइ यो बिश्व भेलाले।
यी सबै कुरा निर्णय गर्यो संसारको मेलाले ।।
बालकहरु बन्चित भए सुबिधा पाउन ।
स्कुल पनि केटा र केटी सकेनन् आउन ।।
बाल अधिकारको सुरुवात यहाँ यसरी भएको।
बिश्वको सबै देशको पनि सल्लाह गएको ।।
बिश्वमा युद्ध चलेको थियो संसारै डराए ।
बालकहरु टुहुरा भए आफन्त हराए ।।
सन अठारसय चौध सालमा यो युद्ध चलेको ।
बिश्वमा रगतका खोला बगेर जमिन गलेको ।।
चार बर्ष सम्म यो युद्ध चल्यो संसार भरीमा।
बालकहरु टुहुरा भए आफन्त मरीका ।।
आमा बुवा मरेका त्याहा टुहुरा बालक ।
धनजन क्षती भएको त्यहा कस्को छ के हक ।।
बालबालिका रुदा शहर गाउँ टुहुरा भएका ।
आमा र बुवा कोहि नाइँ भन्दै सडकमा गएका ।।
एकजना त्याहा पत्रकार गए संसारै डुलेर ।
टुहुरा बालक धेरै छ्न त्याहा खानालाइ भुलेर ।।
मेरो कोहि छैनन् बचाऊ भन्ने सबैको नाराले ।
लगाउने पनि कपडा छैन भन्दाछन साराले ।।
सबैको खाली ब्यानर छ ,नाङ्गै छन बालक ।
नारा र जुलुस गर्दैछन ,कसको छ के हक ।।
मेरो कोहि छैन बचाउ भन्ने आवाज गरेर ।
बालकहरु रुदाछन सारा अगाडि सरेर ।।
पत्राचार थिइन् बेलायती तिनि डुलेर आएकी ।
एकलाइन्टेन थियो उनको नाम अधिकार पाएकी ।।
तिनी बालकको फोटो उनले त्यहा खिचेर लिइछन ।
नरोऊ बाबू,नानी भनेर त्यहा सान्त्वना दिइछन ।।
बालकको फोटो त्यहा सबैले खिचेको देखेर ।
एकलाइन्टेनलाइ कारबाही गर्न भनेछ लेखेर ।।
नाङ्गैछन बालक खिचेको फोटो प्रचार हुनाले ।
आँखा छन राता बालकका त्यहा दिनदिनै रुनाले ।
नाङ्गो मानिसको फोटो खिच्नेलाई कारबाही गरीन्थ्यो ।
उठ्यो र दया पत्रकारलाई कानुनलाई मारीन्थ्यो ।।
उन्डैसौ तेईस सालमा ऊनि जेलमा परेकी ।
एकलाइन्टेन ऊनि महिला थिइन् अगाडि सरेकी ।।
जेलमा रहि उनले त्यहा बालक हरुको ।
बाल अधिकारको अबधारण ल्याइन अरुको ।।
बालक हरुले अधिकार पाउने नियम बनाइन ।
बिश्वमा सबै देशमा पनि यो कुरा जनाइन् ।।
एकलाइन्टेन जीको यो कुरालाई सबैले सुनेर।
बालबालिकाको अबधाराण बनाइन मनैले गुनेर ।।
बिश्वका एकसय छ्यानब्बे राष्ट्र समर्थन भएछन ।
सामनिया र अमेरीका मात्र बिरोधमा गएछन ।।
सबैले माने यो कुरालाइ नियम बनाए ।
बिश्वका अरु छुटेका राष्ट्र सबैलाई जनाए ।।
बाल अधिकारको अबधारण सबैले जानेको ।
सामनिया र अमेरीका बाहेक अरुले मानेको ।।
दुई सय जति देशले पछि समर्थन गरेर।
बालअधिकार को नियम बन्यो अगाडि सरेर ।।
यो नियम पहिला बिश्वमा थियो नेपालमा थिएन ।
बालकहरुको अधिकारको जानकारी कसैले दिएन ।।
बिश्वको कुरा नेपालमा पुग्यो नेपालीहरुले ।
बिश्वको नियम समर्थन गरे बुझेर अरुले ।।
उन्डैसौ नब्बे सेप्टेम्बर चौध यो कुरा मानेर ।
नेपालले पनि समर्थन थियो ठिकै हो ठानेर ।।
उन्डैसौ नब्बे अक्टोबर चौध लागू भो नेपाल ।
बालबालिका ले अधिकार पाए अब त यो साल ।।
बिश्वमा अरु देशमा पुग्यो यो कुरा पहिले ।
नेपालमा पनि कार्यान्वयन भएको छ अहिले ।।
बालबालिका शान्तिका क्षेत्र यो नियम भन्दछ ।
बालकहरुलाइ थुनथेप गर्नु अब त बन्दछ ।।
नेपाली नियम सो¥ह बर्षका बालक भन्दछ।
बिश्वको नियम अठार बर्ष बालक गन्दछ ।।
उन्डैसौ अघि उनान्नब्बे साल यो सन्धी भएको ।
बालकहरुको नियम पारीत गरि बिश्वमा रहेको ।।
अठार बर्षका मुनीकालाइ बालकै भनेर ।
बालकको संख्या धेरै छ यहाँ बिश्वले गनेर ।।
जन्मेदेखी अठार बर्ष सम्म बालकै मानिन्छन ।
युद्धमा लिने थुनथेप गर्ने अपराधी ठानिन्छन ।।
बालश्रमको विरुद्ध यहाँ निर्णय गरेको ।
इटाली देशको फलोरेन्स शहरमा यो कुरा चलेको ।।
नेपाल बाट तीन जना गए बाल र बालिका ।
हामिले पनि यो नियम मानौ आ आफ्नो पालीका।
बिश्वको सबै देशको त्यहा सम्मेलन भएर ।
यो सभालाइ उट्घाटन गरे नेपाली गएर ।।
बिश्वकै बालक उपस्थिति थिए फ्लोरेन्स शहर ।
विभिन्न प्रस्ताब पारीत गरे मानेर रहर ।।
सात वटा प्रस्ताब निर्णय भए धेरै छन लेखेका ।
शुखले खान पाउनु पर्ने बालकले देखेका ।।
बालश्रम बाट उन्मुलन गर्न सल्लाह गरेर ।
बालकलाई सरक्षण गर्न उपाए गरेर ।।
शिक्षा पाउनु अधिकार हो भन्दै अघि बढेर।
विभिन्न प्रस्ताब पारीत भए धेरैछन लेखेका ।।
बालबालिका शान्तिका क्षेत्र हामिले ठान्नु छ ।
जुन कुरा नानिहरुले भन्छन सो कुरा मान्नुछ ।
कतिका बुवा धूम्रपान पार्ने बालकहरुका ।
जाड र रक्सी नखानुहोला नजिक अरुका ।।
बाबुको ज्ञान सिकेका हुन्छन बालकहरुले ।
कुलत बाट बालकहरुलाइ नलिनु अरुले ।।