दुई केन्द्रीय सदस्य, सल्लाहकार सहित १८ बिभाग प्रमुख तोकिए

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बास नेपालले रिक्त दुई केन्द्रीय सदस्य मनोनित गरेको छ ।

बैशाख ३ गते सम्पन्न बैठकले केन्द्रीय सदस्य मनोनित गरेको हो ।

बैठकले सक्रिय सदस्यद्वय बब्लु शेष र दिपिका आरसिलाई मनोनित गर्ने निर्णय गरेको हो । बैठकले १८ बिभाग प्रमुखको जिम्मेवारी तोकेको छ ।

जसमा केन्द्रीय उपाध्यक्ष खुमेश सुबेदीलाई संगठन बिभाग, केन्द्रीय उपाध्यक्ष दिला शाहलाई तालिम बिभाग, महासचिव कल्पना अधिकारीलाई अनुशासन बिभाग, केन्द्रीय सचिव जोशिना थारुलाई जनसम्पर्क बिभाग, केन्द्रीय कोषाध्यक्ष धिरेन्द्र शाहीलाई आर्थिक बिभाग प्रमुखको जिम्मेवारी दिईएको छ ।

यसैगरी बास नेपालका निर्देशक हेमराज भट्टलाई गुनासो सुनुवाई तथा व्यवस्थापन बिभाग, कार्यक्रम अधिकृत रबिन्द्र बोहरालाई स्वयंसेवक बिभाग, पूर्ब केन्द्रीय सदस्य तिला सुनारलाई बालबालिका तथा महिला सशक्तिकरण बिभाग, अपाँगता तथा जेष्ठ नागरिक बिभाग, सक्रिय सदस्य टेकराज जैशीलाई अपाँगता तथा जेष्ठ नागरिक बिभाग, पूर्ब केन्द्रीय सदस्य ध्रुव जँग शाहलाई प्रकाशन बिभाग, सक्रिय सदस्य महेन्द्र सेढाईलाई साँस्कृतिक तथा साहित्य बिभाग, दैलेख शाखाका निबर्तमान अध्यक्ष हिक्मत बुढालाई युवा सशक्तिकरण बिभाग, पूर्ब केन्द्रीय सदस्य मोहनलाल सोनखरलाई सामुदायिक सशक्तिकरण बिभाग, पूर्ब केन्द्रीय बरिष्ठ उपाध्यक्ष रज्जब अलि बागवानलाई मानविय सेवा बिभाग, बाँके शाखा पूर्ब अध्यक्ष कमला पोख्रेललाई लैंगिक हिंसा न्यूनीकरण बिभाग, पूर्ब केन्द्रीय कोषाध्यक्ष सत्य प्रकाश यादवलाई सुशासन तथा सामाजिक जवाफदेहिता बिभाग, बाँके शाखाका पूर्ब उपाध्यक्ष रोशन अलि अन्सारीलाई सामाजिक सद्भाव बिभाग र निबर्तमान बाग्मती प्रदेश संयोजक ईश्वर दाहाललाई अन्तराष्ट्रिय सम्बन्ध बिकास प्रमुखको जिम्मेवारी दिईएको छ ।

बैठकले संस्थाको प्रबक्तामा केन्द्रीय महासचिव कल्पना अधिकारीलाई तोकेको छ भने गुनासो सुन्ने अधिकारी र सूचना अधिकारीमा क्रमशः बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारी र निर्देशक हेमराज भट्टलाई तोकेको छ ।

बैठकले ७ जना बिशिष्ठ महानुभावहरुलाई सल्लाहकारको रुपमा मनोनित गरेको छ । जसमा राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, भ्रष्टाचार बिरुद्धका अभियन्ता केदार खडका, बरिष्ठ पत्रकार पूर्णलाल चुके, प्राध्यापक रुद्र प्रसाद तिमिल्सिना, साहित्यकार किरण आचार्य र गैसस महासंघ नेपाल लुम्विनी प्रदेश अध्यक्ष सुसिला बेल्वासे रहेका छन् । यसैगरी बरिष्ठ अधिबक्ता लोक बहादुर शाहलाई कानुनी सल्लाहकारको रुपमा मनोनित गरिएको छ ।

बैठकले जेसि फोकल पर्सनको रुपमा केन्द्रीय महासचिव कल्पना अधिकारीलाई तोकेकोछ ।

बैठकले बिभिन्न समितिहरु गठन गरेको छ । महासचिव कल्पना अधिकारीको संयोजकत्वमा खरिद समिति गठन गरिएको छ । यसैगरी उपाध्यक्ष खुमेश सुबेदीको संयोजकत्वमा पदपूर्ति समिति गठन गरिएको छ । कोषाध्यक्ष धिरेन्द्र शाहीको संयोजकत्वमा लेखा समिति, केन्द्रीय सदस्य कमल शाहीको संयोजकत्वमा अनुगमन, मुल्याँकन समिति, उपाध्यक्ष खुमेश सुबेदीको संयोजकत्वमा छनौट समिति र महासचिव कल्पना अधिकारीको संयोजकत्वमा सक्रिय सदस्यता सिफासि समिति गठन गरिएको छ ।

केन्द्रीय अध्यक्ष शिब कुमार बर्माको अध्यक्षतामा सचिवालय बैठक सम्पन्न भएको थियो ।

  • ४ बैशाख २०८२, बिहीबार प्रकाशित

  • Nabintech