दोस्रो खेलमा नेपाल पुलिस क्लब बिजयी

अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिता

असल शासन प्रतिनिधि

६ ,वैशाख २०८२/ अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिता अन्र्तगत शनिबार  बाँकेको नेपालगंज रंगशालामा भएको दोस्रो खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ ।

भारतको सिलिगुरी एफसीलाई ४–० ले हराउदै नेपाल पुलिस क्लबले जित सुनिश्चित गरेको हो ।पुलिसको जितमा निर्मला उपाध्यायले दुई तथा मिना देउवा र कप्तान निरु थापाले एक गोल गरेका हुन् । सुमन सुवेदीको कप्तानीमा रहेको पुलिसले पहिलो हाफमै चार गोल गर्न सफल भएको थियोे ।

मिनाले खेलको १३औं मिनेटमै पहिलो गोल गरिन् भने  पाँच मिनेटपछि नै निर्मलाले पुलिसको लागि दोस्रो गोल गरेकी  हुन् ।
खेलको १८ मिनेटमै दोस्रो गोल बेहोरेपछि भारतीय क्लब दबाबमा आएको थियो । भोरतीय टोलीले २२औं मिनेटमा तेस्रो गोल बेहो¥यो । रक्षकले बक्सभित्र हातले बल छोएपछि रेफ्री कृष्ण खत्रीले पुलिसलाई पेनाल्टी अवसर दिएका थिए । निर्मलाले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गरेकी हुन् ।

दोस्रो हाफमा भने भारतीय टिम सिलिगुरीले सुधारिएको खेल खेलेको थियो ।  यद्यपी भारतीय टोलीले गोल गर्र्न भने सकेनन् । नेपालगंज रंगशालामा पुलिसले राष्ट्रिय टिमबाट खेलिसकेका गोलकिपर उषा नाथ, समिक्षा घिमिरे, अमृता जैशी, सुस्मा तामाङ र निरुलाई मैदान उतारेको थियो । खेलको प्लेयर अफ दि म्याच पुलिसकी स्ट्राइकर निर्मला घोषित भइन् ।

यो जित संगै आजको बिजेता विभागीय टोली नेपाल पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अब पुलिसले सेमीफाइनलमा  वैशाख ९ गते अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४–० ले हराउदै सेमी फाइनलको यात्रा तय गरेको हो ।

खेलको प्लेयर अफ दि म्याच पुलिसकी स्ट्राइकर निर्मलालाई शिक्षासेवी तथा आयोजक संस्था अन्तरालका सल्लाहकार लोकेन्द्र बहादुर शाह र रमादेवी शाहले ५ हजार नगद हस्तान्तरण गरेका थिए । खेलसुरु हुनु अघि फिफा र भारतको एन्थम बनाईएको थियो । आजको प्रतियोगिता अखिल नेपाल फुटबल संघका पुर्व केन्द्रिय उपाध्यक्ष गोबर्धन सिङ सम्झानाले फुटबल हस्तान्तरण गरेपछि सुरु भएको हो ।

आजको खेल समापन पछि नेपाल पुलिस क्लबका टिम कोच सुमन सुवेदीले खेलाडीहरुले राम्रो प्रस्तुति गरेको बताए । यस्तै नेपाल पुलिस क्लबका क्याप्टेन निरु थापाले घरेलु मैदानमा खेल्न पाउदा खुशी ब्यक्त गरीन । साथै उनले लामो समयपछि यस्तो खेल भएको बताउदै नियमित खेल हुन आवश्यक रहेको बताईन ।

यस्तै भारतको सिलिगुरी एफसीका टिम कोच अमनदिप चौराशियाले अर्को पटक हुने खेलमा उत्कृष्टता प्रदर्शन गर्ने र जित हासिल गर्ने हौसला मिलेको बताए । उनले खेलको ब्यबस्थापकिय पक्षको प्रशंसा समेत गरे । यस्तै सिलिगुरीका क्याप्टेन यमुना पुर्तिले खेल उत्साहजनक नै भएको र अर्को पटक फेरी खेल्न आउने इच्छा भएको बताइन ।

भोली आइतबार अपरान्ह ४ बजे हुने खेलमा बाँके फुटबल संघ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ । पहिलो पटक आयोजना भएको लुम्बिनी कपमा आठ टोली सहभागी छन् । घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ , सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लबले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएकोे प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले जनाएको छ ।

  • ६ बैशाख २०८२, शनिबार प्रकाशित

  • Nabintech