छुटे डाक्टर धवल शमशेर

असल शासन प्रतिनिधि

नेपालगन्ज/ तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री प्रतिनिधिसभा सदस्य डाक्टर धवलशमशेर राणा आईतबार साँझ रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले उनलाई हाजिर जमानीमा छाडेको हो । शुक्रवारनैं उनलाई रिहा गर्ने भनिएता पनि कागजि प्रकृयामा ढिलाई भएकाले आईतबार उनलाई रिहा गरिएको बताईएको छ ।

क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाडिएको स्रोतको भनाइ छ । स्रोतका अनुसार, उनको बयान पूरा भइसकेको छ भने अब मुद्दा लैजाँदा लैजाने गरी अहिलेलाई हाजिर जमानीमा छाडिएको हो ।

राजावादी समू्हले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शनको साँझ राणा सहित राप्रपका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र पक्राउ परेका थिए ।

क्यान्सरका बिरामी उनलाई उपचार गर्नबाट बञ्चित गर्न खोजिएको भन्दै केही दिन अघि राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आपत्ति जनाएको थियो ।

उनकोे रिहा भईसकेपछि उनको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमा यस्तो स्टाटस लेखेको छ :

आस्थाका बन्दि राप्रपा महामन्त्री तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक माननीय डा. धवलशम्शेर राणा ज्यु गत चैत १५ गते तीनकुने गोलीकाण्डका सन्दर्भमा झुठो मुद्दामा फसाइए पश्चात् २४ दिनको लामो हिरासत बसाइँ पछि जटिल रोग क्यान्सरको उपचारको लागि हाजिरी जमानिमा छुट्नु भएकोमा सम्पुर्ण शुभ चिन्तकहरुमा सहर्ष जानकारी गराउँदछु ।

  • ७ बैशाख २०८२, आईतवार प्रकाशित

  • Nabintech