बाला त्रिपुरा सुन्दरी भगवतीको कथा

पवनराज उपाध्याय

डोल्पा जिल्ला क्षेत्रफलको हिसाबले मात्र ठूलो जिल्ला नभई धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पर्यटकीय हिसाबमा पनि धनि छ । डोल्पामा प्रचुर पर्यटकीय सम्भाबना बोकेका बाला त्रिपुरासुन्दरी मन्दिर, मष्टाभवानी गल्ली, मष्टाभवानी छल, शे–फोक्सुन्डोे ताल, सुलिगाड झरनाजस्ता दर्जनौ धार्मिक,साँस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलहरु रहेका छन् । राज्यको आर्थिक स्रोतको बलियो आधार बन्न सक्ने यस्ता पर्यटकिय स्थलहरुको प्रचार प्रचार हुन नसक्दा ओझेलमा परेकाछन भने राज्यले बर्षेनि करोडाँ बराबरको राजश्व गुमाईरहेको छ ।

विश्वमा पर्यटन व्यवसायको बिकासबाटै देशलाई आर्थिक हिसाबमा मजबुद बनाएका उदाहारणहरु पनि सिंगापुर,थाइल्यान्ड जस्ता देशले देखाएकाछन भने छिमेकि राष्ट भारत,चिन,लगाएतका राष्ट्रहरुमा धार्मिक पर्यटन ब्यबसायले मारेको फड्काको तुलनामा नेपालमा भने यस्ता क्षेत्रहरुको पहिचाहन समेत हुन सकेको छैन । त्यसो त डोल्पामा रहेका दर्जनौ धार्मिक स्थलहरुको प्रचार प्रचार तथा बिकास गर्न सके डोल्पामा लाखौ धार्मिक पर्यटकहरु भित्रयाउन सकिने प्रशस्त सम्भाबना रहेको छ ।

डोल्पाली लगाएतका बिभिन्न जिल्ला बासिहरुको अटुट धार्मिक बिश्वास बोकेका डोपाका अन्य धार्मिक सम्पदाहरु मध्ये श्री बाला त्रिपुरा सुन्दिरी मन्दिर पनि एक हो । प्रचुर धार्मिक पर्यटकिय सम्भाबना बोकेर पनि ओझेलमा पर्दै आएको यस मन्दिरको नेपालका अन्य मन्दिरहरु भन्दा पृथक धार्मिक महत्व रहेको छ ।

इ.स. १११४ सालमा स्थापना भएको यस मन्दिर भौगोलिक रुपमा पनि पृथक छ यस मन्दिरको पूर्बतर्फ सुन्दरी गंगा, पश्चिममा ताम्राबणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरबी गंगा लगायतका प्रसिद्ध तीर्थस्थलहरु रहेका छन् भने बिचको टाकुरामा यस मन्दिर अवस्थित छ । यस मन्दिरमा सत्य युगमा श्री महादेबले हिमालय पर्बत कि पुत्री सत्यदेबीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा यस मन्दिरमा सत्य देबीको कन्डयालो (ढाड) पतन भएको कुरा हिन्दुहरुको प्रसिद्ध धर्मग्रन्थ श्रीस्वस्थानीमा उल्लेख छ । त्यसैले यस पबित्र भूमिलाई भक्तजनहरु ठूलो शक्ति पीठ रुपमा मान्ने गर्दछन् । यस मन्दिरको महत्वलाई हिन्दुधर्मका बिभिन्न धम्रग्रन्थमा उल्लेख गरिएको र यदि जो कसैले यस मन्दिरमा आएर दर्र्शनमात्र गरे मुक्ति मिल्ने बिश्वास गरीन्छ।

बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको त्रिपुरेश्री, बाजुराको बडिमालिका नामले प्रसिद्ध छन् । बाँकी चार बाला, त्रिपुरा, सुन्दरी, देबी यस मन्दिरमा बसिन् भन्ने विश्वास छ ।

यस मन्दिरमा सत्य देबीको कन्डयाउलो पतन हँदाको बखतमा यस स्थानमा मेघ (बर्षा) आएर बिभिन्न आरधना गरेर देबीकोे पुजाआजा गरेकाले ईश्वरी प्रसन्न भएर यस क्षेत्रमा महा खडेरी परेकोबेला बरदान पाई यस क्षेत्रमा महाखडेरी परेपछि सम्पूर्ण जिल्लाबासीहरु आएर पूजाआजा गरे पानी पर्ने जनबिश्वास रहेको छ । यस्तै, यहाँ भैरबेश्वर महादेब पनि उत्पति भएको मन्दिर पनि छ ।

डोल्पामा खडेरी परेकोबेला सम्पूर्ण जिल्लाबासी आएर बिधिबिधानका साथ पुजाआजा गरे पानी पर्ने तथा असोज कात्तिकमा पानी धेरै परेर बालीनाली कुहिन लागेपछि फेरि सबै मिलेर पुजाअजा गरे पानी रोकिने स्थानीयबासीको विश्वास छ । अचम्मको धान कुट्ने ओखल यस मन्दिरको ईतिहास अचम्मको रहेको छ । परापूर्बकालमा डोल्पाको त्रिपुराकोट गाबिसको कोट गढिमा बाईसे चौबिसे राज्य अन्तर्गत राजा बिक्रम शाहीको दरबार थियो । शाहीले डोल्पाका भएको नौराज्यको संचालनको जिम्मा पाएका थिए । उनले यसै कोट गढिका १४ घर बिष्टलाई आफना काजीका रुपमा राखेका थिए ।

अहिले मन्दिर भएको ठाउँमा राजाको दरबार थियो । त्यस दरबार नजिकै एउटा अचम्मको धान कुट्ने ओखल थियो । नजिकैको ओखलमा यहाँका मान्छेहरुले धान कुटने गर्दथे । यस ओखलमा धान कुटदा अचम्मका क्रियाकलापहरु देखिन थाले । कहिले चार पाथि धान कुटदा आठ पाथी चामल हुने र कहिले दुई पाथि धान कुटदा दुई माना चामल हुने गर्दथ्यो । यस्ता अचम्मका कुराहरु हुन थाले पछि यो कुरा बिष्ट कि कजेनीहरुले आफना काजीहरुलाई भने । काजीहरुले यो कुरा थाहा पाएपछि आफना राजा बिक्रम शाहीलाई सुनाए । शाहीले यस्तो अचम्मको कुरा थाहा पाएपछि आफना प्रजाहरुलाई बोलाएर ओखल उत्खनन् गर्ने सल्लाह दिए । सल्लाह गरेकै भोलिपल्ट बिहानैदेखि सबै गाँउलेहरु बोलाएर ओखल उत्खनन गर्न लगाए ।

त्यो दिन ओखल उत्खनन् कार्य बेलुकीसम्म गर्दा पनि सकिएन । बाँकि काम भोलि बिहानैदेखि सुरु गर्ने सर्तमा सबैजना सल्लाह गरेर आ–आफनो घर फर्किए । भोलि बिहान सबेरै सबैजना फेरि ओखल उत्खनन गर्न आँउदा त जस्ताको तस्तै उत्खनन नगरेको जस्तो देखिएपछि सबैजना चकित परे । यो कुरा राजाले थाहा पाएपछि हजारौँ मान्छेहरु बोलाएर रातदिन त्यो ओखल उत्खनन गर्न लगाए । लगातार दुई दिनसम्म काम गर्दा त्यो ओखल उत्खनन भयो । त्यो अचम्मको ओखलभित्र तलतिर तामाको ओदान ओेदानमाथि घिउको कराई कराईमाथि तामाको थाली र थालीमाथि षट्कोणयन्त्र, त्यसमाथि कँुडेस र त्यसभित्र नवदुर्गा भगवती की नौ बहिनी पुतलीहरु रहेको देबीका पुराना पुराना धर्मग्रन्थमा उल्लेख छ ।

यसैबेला यी देबीरुपी पुतलीहरु बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको त्रिपुरेश्री, बाजुराको मालिकाका नामले प्रसिद्ध छन् । बाँकी चार बाला, त्रिपुरा, सुन्दरी, देबी यस मन्दिरमा बसिन् भन्ने विश्वास छ । अहिले यी देबी महाकाली, महालक्ष्मी, महासरस्वतिका नामले प्रसिद्ध छिन् । अचम्मको धार्मिक ईतिहास बोकेको यस मन्दिरमा पटक पटक चोरी भएकाले अहिले सुरक्षाकालागि प्रहरी खटाईएको छ । यस मन्दिरका प्रथम पुजारी सुकदबे न्यौपाने हुन् । अहिलेसम्म पनि न्यौपानेका सन्तानहरुले नै पुजाआजा गर्दै आएका छन् । परापूर्बकालमा जुल्ला घर भएका सुकदेव न्यौपाने मुक्तिनाथ भगवानको दर्शनकोलागि आएकोबेला दर्शन गरेर फर्कने अबस्थामा बाला त्रिपुरासुन्दरीको दर्शन गरेर फर्कने क्रममा राति न्यौपानेलाई यस मन्दिरको पुजाआजा तिमिले चलाउनु भनेर सपनामा भनेपछि न्यौपानेका सन्तानले पुजाआजा गर्ने प्रचलन रहेको स्थानीय वासीको विश्वास छ ।

७० बर्षिया बृद्ध भएका न्यौपाने घरमा सन्तान नभएकाले सपनाको बेवास्ता गरेर जुम्ला जान लाग्दा आँखा बन्द भएपछि घरमा पुगेर आउने बाचा गर्दा पुनः आँखा खुलेको स्थानीयवासी विश्वास गर्छन् । यस मन्दिरमा प्रातःकाल र सायनकालमा पुजाआजा हुने गर्दछ । यस मन्दिरको पुजाआजा ब्यबस्थापन नौ घर पुजारीहरुले बर्षैपिच्छे पालैपालो गर्दै आएका छन् । यस मन्दिरको ब्यबस्थापनको लागि पुजारी, निशानी, छडिदार, फुलारा, दमाई, कुलाला, सार्कीको आ–आफनै जिम्मेवारी रहेको छ । नेपालका बाइसे चौबिसे राज्य एकिकरण गर्ने क्रममा बहादुर शाहको टोली मुस्ताङ हुँदै डोल्पाका नौ राज्य एकिकरण गर्न आँउदा डोल्पाको सहरतारा गा बि स को बाँदर फडका भन्ने खोलाका पुल नलाग्दा बहादुर शाहको टोली डोल्पा एकिकरण नगरेर नै फर्किन लागेपछि यहाँ के शक्ति छ भनेर त्यहाँका स्थानीयबासीसँग सोध्दा यहाँ अरु केहि छैन् । त्रिपुराकोट भन्ने ठाउँमा त्रिपुरा सुन्दरी देबी छन् ।

यी देबिलाई हामी पनि बर्षेनि पुजाआजा गर्दछौ भनेर बताउँदा बहादुर शाहले हे भगवति यो खोलामा पुल लागोस् हाम्रो डोल्पा एकिकरणको काम सफल होस हामी हजुरलाई यस गाबिसमा पर्ने खानी र बैजिबाडा गाउँ त्रिपुरा सुन्दरीको गुठि राख्छौं भनि माटो समातेपछि पुल लागेको थियो रे! धार्मिक पर्यटन बिकासको प्रचुर सम्भाबना बोकेको यस मन्दिरको जिर्णोउद्धार अहिलेसम्म चार पटक भईसकेको छ । अनौठो प्राकृतिक शक्ति भई डोल्पालीहरुको आस्थाको केन्द्रबिन्दु बनेको मन्दिरमा पुजाआजा गरी मनोकामना पुरा हुने बिश्वास समेत रहेकाले राज्यका उच्च पदस्थ प्रमुखहरु पनि दर्शनको लागि डोल्पा आउने गर्दछन् । बिशेष गरेर चैत्र महिनाको राम नवमी र बिजयादशमीको प्रतिपदादेखिको दशमीसम्म बिशेष पुजाआजा हुने गर्दछ ।

त्यस्तै यहाँ फुलपातिको दिन डोल्पाका बिभिन्न ठाँउबाट फलफुलहरु ल्याएर फुलपाती डोला मन्दिरमा भित्राईन्छ भने प्रत्येकका घरघरमा पनि फुलपाती भित्रयाइने गर्दछ । यी दुई वटा पर्बमा ठूलो सङख्यामा रागा बोकाहरु काटिने गर्दछन भने पूआआजाको लागि देशका बिभिन्न जिल्लाबाट हजारौँको सङख्यामा भक्तजनहरु आउने गर्दछन् । यस अवधिमा मान्छेको यहाँ निकै ठूलो घुँइचो लाग्ने गर्छ । बिशेष गरेर राँगा बोका काटमारको जिम्मा पाएका छडिदार भनिने कठायतहरुले मात्र काटमार गर्नपाउने नियम रहेको छ भने देबीको फूलपातीको डोला बोक्ने र गाउँगाउँबाट फुलपाती ल्याउने बिष्टहरुले जिम्मा पाएका छन् ।

आफुहरु काटमारको जिम्मा पाएका छडिदार सोह्र घर भएको आफुहरुको जिम्मेवारी काटमारदेखि गाउँगाउँबाट तेलपिठो उठाउने काम रहेको छ। यस मन्दिरको अर्को बिशेषता भनेको यहाँ ठडयाईएका काठका लिङ्गोहरु हरेक बर्षको छ महिनामा बिजयादशमी र चैत्रदशमीमा ढलाएर ध्वजापतका फेरीने सजाएर पुन? ठड्याईने गर्दछन् । यस मन्दिरको अर्को बिशेषता भनेको बिजयादशमीको टिका लगाउने बिषयमा ज्योतिषहरु तोकेको भएता एउटै घडि बार नक्षत्रमा टीका ग्रहण गर्नुनपर्ने नियम छ ।

प्रसिद्ध बाला त्रिपुरा सुन्दरीको मन्दिरमा देबीको पुजाआजा सम्पन्न भइ पहिले देबी लाई जमरा टिका अर्पण गरी नौ दिनको पुजाआजाको लागि बिभिन्न ठाँउ बाट आएका ब्रामण बिज टिका ग्रहण भएपछि मात्र डोल्पामा जमरा टिका लगाउन सुरु गरिन्छ।

पहिलेको मन्दिर साघुँरो भौतिक संरचना र भक्तजनहरुलाई पनि खान बस्नको ब्यबस्थापन पनि नभएकाले भक्तजनहरु पनि कम आउने गरेको र अहिले मन्दिरमा चौबिसै घण्टा पुजाआजाको ब्यबस्था भक्तजनहरुलाई खान बस्नको समेत सुबिधा भएकाले तुलनात्मक रुपमा भक्तजनहरु धेरै यस मन्दिरका आउने गरेकाछन ।

नेपालमा पर्यटन पर्बदनका लागि स्थापना भएको नेपालको सरकारी निकाय पर्यटन बिकास बोर्ड को आँखा डोल्पाका पर्यटकिय स्थलहरुको संरक्षण तथा बिकास तर्फ पुग्न नसकेको हो कि बिकट तथा दुर्गम जिल्लालाई झनै पछाडी पार्न खोजिएको हो त्यो नेपाल सरकारले नै जानुन।। यस पृथक धार्मिक महत्व बोकेको डोल्पामा यस्ता धार्मिकस्थलहरुको संरक्षण, प्रसारप्रसार, बिकासको लागि समयमै सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ ।

  • ७ बैशाख २०८२, आईतवार प्रकाशित

  • Nabintech