लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजनालाई समयमा सम्पन्न गर्नेगरी सरकारले उच्च प्राथमिकतामा राखेको बताएइका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले शुक्रबार पाल्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडक पूर्वाधार, प्राविधिक शिक्षा, स्वास्थ्य, प्रशासनिक केन्द्र निर्माणको कामलाई प्रदेश गौरवका आयोजनाको रूपमा तीव्र रूप लगेको बताए । यी आयोजना सम्पन्न भएपछि प्रदेशले नयाँ उचाइ प्राप्त गर्ने उन्को भनाइ थियो । लुम्बिनी प्रदेश सरकारले पाल्पाको रामपुरदेखि पश्चिम उत्तर रोल्पाको जिनावाङ जोड्ने सडकलाई प्रदेश गौरवको आयोजनमा राखेर निर्माण शुरु गरेको छ । अहिले पनि सडक निर्माणको काम चलिरहेको छ । चार वटा प्याकेज निर्माण गरेर सडक निर्माणको काम चलिरहेको हो ।
स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउन बुटवलमा सुविधा सम्पन्न अस्पताल निर्माणको काम तिब्ररुपमा भइरहेको छ । १२ तले एक हजार दुई शैया रहने यस अस्पताल भवन निर्माणको काम तिब्र रुपमा भइरहेको हो । ६ अर्ब १८ करोड बढीको लागतमा २०८५ साल पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी योजना छ । प्रदेश राजधानी राप्ती उपत्यका ९देउखुरी० मा ३ अर्ब ९ करोड रुपैयाँको लागतमा प्रशासनिक केन्द्रको निर्माण काम चलिरहेको छ । मुख्यमन्त्री कार्यालय सहित १० वटा मन्त्रालयको निर्माणको काम अन्तिम अवस्थामा पुगेको छ । हाल ७५ प्रतिशत काम पूरा भइसकेको छ ।
बाँके जिल्लाको खजुरामा प्राविधिक विश्व विद्यालय स्थापना गरिएको छ । यसलाई प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको हो । सूचना प्रविधि, इन्जिनियरिङ, कृषिलगायत अध्यापन हुदै आएको छ । प्राविधिक विश्वविद्यालयमा गतवर्ष ३२ जना विद्यार्थी रहेकोमा अहिले १६७ जना पुगेको छ ।
यस्तै मुख्यमन्त्री आचार्यले नौ महिनाको अवधिमा धेरै सुधारका कामहरू अघि बढाएको बताउदै फजुल खर्च कटौतीदेखि सुशासन कायम गर्ने गरी सरकारले सुधारको काम गरेको बताए ।