हरियाली बनाउन हामी अघि बढौं

बर्षा बि.क., श्री जनसेवा माबि खजुरा बाँके (सदस्य : जलवायु न्याय क्लब)

मानिसले नै गर्दा जलवायु परिवर्तन बढी रहेको छ ।
त्यसैले त मानिसको मृत्यु हुन पुगेको छ ।।
रुख बिरुवा काटेर कार्वनडाइअक्साईड बढ्छ ।।।
त्यसैले त हामिले रुख रोप्नु पर्छ ।।।।

मानिसले नै गर्दा पृथ्वी धेरै तातिएको छ ।
त्यसैले मानिस मृत्युको मुखमा पुग्नु परेको छ ।।
प्लाष्टिकको कम प्रयोग गरौं इन्धनको कम प्रयोग गरांै ।।।
पृक्ष्वीलाई स्वरुप राखी हामी अघि बढौं ।।।।

रुख बिरुवा रोपौं अनि हरियाली बनाउ ।
सबै जना मिलि स्वच्छ वातावरण बनाउ ।।
पृक्ष्वीलाई असर गर्छ हामीहरुलाई पनि ।।।
यसलाई समाधान गर्न लागि पर्नुपर्छ हामी ।।।।

बाढी पहिरो आउछ अनि अन्न बाली बगाउछ ।
गरिब लाई दुःख दिइ अनि हराएर जान्छ ।।
जलवायु परिवर्तनले महिला र बालिकालाई धेरै असर गर्छ ।।।
घरको काम सबै महिला र वालिकालाई गर्नुपर्छ ।।।।

जलवायु परिवर्तनलाई कम गरौं हामी सबै मिलि ।
स्वच्छ सफा जिवन जिउन हामी अघि बढौं ।।
एउटा रुख काटे पनि दुईवटा बिरुवा रापौं ।।।
हरियाली बनाउन हामी अघि बढौं ।।।।

  • २३ बैशाख २०८२, मंगलवार प्रकाशित

  • Nabintech