बाल संरक्षण तथा मानब बेचबिखनका घटना ब्यबस्थापन तालिम सम्पन्न

असल शासन प्रतिनिधि

मधुबन, ३१ बैशाख २०८२
मानब बेचबिखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवाला लाइ बाल संरक्षण तथा मानब बेचबिखनका घटना ब्यबस्थापन बारे ३ दिने तालिम मधुबनमा सम्पन्न भयको छ ।
मधुबन नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत संचालित उक्त तालिममा पालिकाका नगर प्रमुख तेज बहादुर भाट, उप प्रमुख, प्रमुख प्रसासकिय अधिकृत, प्रबक्ता, वडा अध्यक्ष, महिला बालबालिका शाखा प्रमुख, कार्यपालिका सदस्य, प्र.अ., बरिस्ठ सहायक प्रहरी निरीक्षक लगायतको सक्रिय सहभागिता रहेको थियो ।

मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण बारेमा समितिका सदस्य हरुको क्षमता विकास विकास गर्ने उदेश्यले संचालित तालिमको उद्घाटन सत्रको संचालन तालिमको उदेस्य बारे बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले गर्नु भयको थियो भने मधुबन नगरपालिकाका नगर प्रबक्ता उद्घाटन सत्रमा बोल्दै मानब बेचबिखन तथा ओसारपसारका घटना दिनदिनै बढ्दै गयको र यसलाई नियन्त्रण गर्न चुनौती देखियकाले यसका बिरुद्ध लड्न स्थानीय सरकार, प्रहरी संघ संस्था, स्थानीय निगरानी समूह सक्रिय भयर अभियान संचालन गर्ने कुरामा जोड दिनु भयको थियो ।

मानब बेचबिखन नियन्त्रण समितिका अध्यक्ष तेज बहादुर भाटको अध्यक्षतामा संचालित कार्यक्रमको समापन सत्रमा बोल्दै नगर प्रमुख भाटले मानब बेचबिखन नियन्त्रण गर्नका लागि स्थानिय समिति र सरोकार वालाहरु सक्रिय भयर लाग्नु पर्ने कुरामा जोड दिनु भयो साथै बालबालिका माथि हुने हिंशा बेचबिखन तथा ओसारपसार रोकथाम गर्न योजना बनायर कार्यान्वन गर्ने प्रतिबद्द्ता गर्नु भयको छ ।

समापन कार्यक्रममा बोल्दै बाँके युनेस्को क्लबका अध्यक्ष रबि कुमार तुलाधरले बाल संरक्षणका सवाल तथा मानब बेच बिखन नियन्त्रण का लागि स्थानीय सरकार संग सहकार्य गरेर परियोजना मार्फत अभियान संचालन गरेको कुरा प्रकाश पार्नु भयको थियो भने तालिममा निकै प्रभावकारी भयको र सिकेका कुरा ब्यबहारमा लागु गर्न स्थानीय सरकारले योजना बनायर कार्यान्वयन गर्नु पर्ने कुरा कार्यक्रमका सहभागी तथा नगर सल्लाहकार बिजय ओलीले बताए ।

महिला बालबालिका शाखाका प्रमुख इन्द्रा चुनाराले संचालन गरेको उक्त कार्यक्रममा बाँके युनेस्को क्लबका कोषध्यक्ष्य फिर्दोश जहाँ, कार्यकारी निर्देशक गुलाम गौश र फिल्ड सुपर भाइजर सावित्रा भाट को उपस्थिति रहेको थियो ।

३ दिन सम्म संचालित उक्त तालिममा बाल अधिकार, बाल संरक्षण, बाल बालिका माथि हुने हिंशा तथा रोकथाम, मानब बेचबिखन तथा ओसारपसारको अवधारणा, यसका कारण, मानब तस्करी, शोषण, कानुनि प्रावधान, घटना ब्यबस्थापन का बारेमा माइती नेपाल कार्यक्रम संयोजक अधिबक्ता केशब कोइराला र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले सहजीकरण गर्नु भयको थियो ।

तालिममा समूह कार्य मार्फत मानब बेच बिखन नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी र संघ संस्थाको दायित्व तथा भूमिका बारे प्रस्तुत गरियको थियो भने मानब बेचबिखन नियन्त्रण तथा घटना ब्यबस्थापन गर्न सामुहिक कार्य योजना निर्माण गरियको थियो ।

  • २ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • Nabintech