सहयोगी कर्मचारीलाइ तालिम

असल शासन प्रतिनिधि

दैलेख /दैलेखको महाबु गाउँपालिकाका सहयोगी कर्मचारीका लागी क्षमता विकास तालिम सम्पन्न भएको छ । महाबु गाउँपालिकाको आयोजनामा सहयोगी कर्मचारीलाइ लक्षित गरी पहिलोपटक उक्त तालिम सम्पन्न भएको हो ।

बिहिबार गाउँपालिकाको सभाहलमा भएको तालिममा प्रशिक्षक मन भण्डारीले क्षमता विकास र सकारात्मक सोचका सूत्रहरु, सहयोगी कर्मचारीको काम, कर्तब्य र अधिकार, कार्यालयमा संचारको महत्व, प्रकार र माध्यम, असल सञ्चारका गुणहरू, अभिलेख व्यवस्थापनः, अभिलेख व्यवस्थापनका विधि÷तरिका, कार्यालयमा अभिलेख व्यवस्थापनको आवश्यकता, महत्व      फाइदा, दर्ता, चलानी र फाइलिङ्ग ब्यवस्थापन, कार्यालय व्यवस्थापन, समयको महत्व, सरकारी सम्पत्ति वा जिन्सी व्यवस्थापनको महत्व, पदीय आचरण र अनुशासन, पेशागत आचरण, तनाव व्यवस्थापनको सीप, करार सेवामा कार्यरत कर्मचारीहरुको कार्य सम्पादन मुल्याँकन तथा नयाँ अवधीको लागि करार सम्झौता मापदण्ड लगायतको विषयमा प्रशिक्षर दिएका थिए ।


तालिम समापन सत्रमा बोल्दै महाबु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदयराज उपाध्यायले सहयोगी कर्मचारीहरु भनेका कार्यालयका गहना भएकाले कार्यालय ब्यवस्थापनको बिविध पक्षमा इमान्दारिता पुर्वक कार्य गर्नुपर्ने बताए । कार्य सम्पादनमा उत्कृष्टता हासिल गर्ने कर्मचारीहरुको पालिकाले संधै मुल्याँकन गर्ने गरेको बताउदै उपाध्यायले भने “तालिमपछि कर्मचारीहरुको कार्य सम्पादन र ब्यबहारमा परिवर्तन आएको देख्न पाउने अपेक्षा गरेका छौँ, तालिमबाट सिकेका कुराहरुलाइ ब्यबहारमा लागु गर्न सक्नु भयो भने तालिमको उद्देश्य पुरा हुनेछ ।

तालिमका सहभागिहरुले पहिलो पटक तालिम पाएकोमा खुसी ब्यक्त गर्दै तालमिबाट सबैलाइ उत्प्रेरणा र उर्जा मिलेको बताएका थिए । गाउँपालिकाका कम्युटर अपरेटर हस्त रावलले सञ्चालन गरेको तालिममा गाउँपाकिा कार्यालय, ६ वटै वडा कार्यालय र पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा कार्यरत कार्यालय सहयोगी र सवारी चालक गरी ३० जनाको सहभागिता रहेको थियो ।

  • २ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • Nabintech