नेपालगञ्ज / बैझनाथ गाउँपालिका वडा नम्बर ४ ले सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
बैझनाथ गाउँपालिका वडा नम्बर ४ को आयोजना र बास नेपालको सहजीकरणमा बिहिवार वडा नम्बर ४ को वडा कार्यालयमा बिभिन्न साझा सार्बजनिक प्रतिबद्धताका साथ सम्पन्न भएको हो ।
वडा कार्यालयले दिने सेवा सुबिधाको प्रभावकारिता बिषयक सार्बजनिक सुनुवाई कार्यक्रमबाट वडा कार्यालयको सिमाका सम्बनधमा पटक पटक पहल गर्दा समेत समाधान हुन नसकेकोमा नक्सा अनुसार सिमा निर्धारण हुने गरी समाधान गर्ने,वडा कार्यालय मार्फत सञ्चालन भईरहेका अधिकांस योजनाहरु ठेक्का प्रक्रिया मार्फत भईरहेको पाईएकाले अब उप्रान्त उपभोक्ता समितिलाई पनि प्राथमिकतामा राखेर काम गर्ने, वडाका सिमानामा निर्माणाधिन नालिको कार्य योजना अनुसार समयभित्र सम्पन्न गर्ने टिका दत्तको घरदेखि जनमत टोल सम्मको बाटो का लागि आबश्यक बजेट आगामी आर्थिक बर्ष मा बिनियोजन गर्ने,वडा भित्र रहेको खानेपानी समस्या समाधानकालागि गाँउपालका लगायत सरोकारवालासँग छलफल गरि समाधानको पहल गर्ने, नियम बिपरित बिपी ममेरियल माबिले बिद्यार्थीबाट भर्ना शुल्क लिईरहेको गुनासो आएकाले यथा सक्के सत्य तथ्य बुझि आबश्यक पहल गर्ने लगायका रहेका छन् ।
बिभिन्न टोल बिकास समिति, बिद्यालयका प्रअ, यवा सञ्जाल।आमा समुह र बिभिन्न राजनितिक दलका ब्यक्तिहरुबाट गरि एक सय पचास बढिको सहभागीता रहेको सार्बजनिक सुनुवाईमा सरोारवाला ब्यीक्तहरुको रुपमा बैझनाथ गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रेम बहादुरशाही, वडा सदस्यहरु मञ्जु वली, बाल कुमारी परियार, कर्ण बहादरकठायत, राम चन्द्र थारु, खुम बहादुर खत्री र वडा सचिव तिलक खत्री रहेका थिए ।
२ घण्टा सम्म चलेको सार्बजनिक सुनुवाई कार्यक्रममा जग्गा निस्काको समस्या समाधान, सडक बिस्तारमा समस्या, बिद्यालयमा मन लाग्दी शुल्क असुली, नाली निर्माण भईसक्दा पनि ढकनको बयवस्था हुन नसक्नु, युवा स्वोरोजगार सम्बन्धी कुनै कार्यक्रम गर्ननसकेको लगायतका गुनासाहरु सहभागीहरुले राखेको थिए भने वडा अध्यक्ष प्रेम बहादु शाहीले गुनासाको सुनुवाई गरेका थिए ।
बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले कार्यक्रमको स्वागत तथाकार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए भने वडा सचिव तिलक खत्रीले वडाको प्रतिबेदन प्रस्तुत गरेका थिए । असल शासन मिडियाका प्रबन्धक तपेन्द्र मलातीले साझा सार्बजनिक प्रतिबद्धता प्रस्तुत गरेका थिए भने बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्मा ले सहजकिरण गरेका थिए ।