बैझनाथ ३ ले गर्यो सार्बजनिक सुनुवाई

असल शासन प्रतिनिधि

नेपालगञ्ज /  बैझनाथ गाउँपालिका वडा नम्बर ३ ले सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
बैझनाथ गाउँपालिका वडा नम्बर ३ को आयोजना र बास नेपालको सहजीकरणमा बिहिवार वडा नम्बर ३ को वडा कार्यालयको प्राङ्गणमा ६ बुद्धे साझा सार्बजनिक प्रतिबद्धताका साथ सम्पन्न भएको हो ।
बैझनाथ गाँउपालिका वडा नम्बर ३ कार्यालयले दिने सेवा सुबिधाको प्रभावकारिता बिषयक सार्बजनिक सुनुवाई कार्यक्रमबाट वडाको बैरहवा देखी बनखेत जाने बाटोमा पुल निर्माण नहुँदा आवागमनमा समस्या भईरहेको पाईएकाले पुल निर्माणको प्रक्रिया अगाडी बढिसकेकोमा यथासक्य पुल निर्माणको पहल गर्ने, वडाकोबिभिन्न ठाँउमा ह्युमपाईप राख्ने प्रतिबद्धता गरिदा समेत हाल सम्म राख्न बाँकी रहेकाले आबश्यक्ताको आधारमा चालु आब भित्र ब्यवस्थापन गर्ने, समाबेशी टोलमा ह्युमपाईप राख्ने भन्दै रु ५ हजार स्थानियबाट लिएको पाईएकाले तत्काल टोल समिति सँग बुझि नियमबिपरित लिईएको हप्ता दिन भित्र फिर्ता गर्ने, वडाको बैरहवा टोलमा चर्च निर्माणको लागि बिगत देखिनै माग भईआएकोमा बढि लागत लाग्नेभएकाले प्रक्रिया सहित आएमा योजना निर्माणको आबश्यक पहल गर्ने प्रतिबद्धताहरु गरिएको छ ।
त्यस्तै अत्याबश्यक अबस्थामा समुदायबासीलाई स्वास्थ्य चौकीबाट बितरण हुने जिवन जल, सिटामोल जस्ता औषधीको उपलब्धताका बिषयमा गुनासा्े आएकाले स्वास्थ्यकर्मी सँग समिक्षा गरि सहज बितरणको ब्यवस्था मिलाउने र दुर्गा मन्दिर मर्मत तथा सुधारका लागि मन्दिर समिति लगायतमा पारदर्शि रुपमा सहमती भईआएमा आबश्यक योजनाको पहल गर्ने साझा सार्बजनिक प्रतिबद्धता ब्यक्त गरिएको छ ।
बिभिन्न टोल बिकास समिति, बिद्यालयका प्रअ, यवा सञ्जाल।आमा समुह र बिभिन्न राजनितिक दलका ब्यक्तिहरुबाट गरि एक सय तिस बढिको सहभागीता रहेको सार्बजनिक सुनुवाईमा सरोारवाला ब्यीक्तहरुको रुपमा बैझनाथ गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष निखिल बैगार, कार्यपालिका सदस्य भुमिसरा राना, वडा सदस्यहरु कमला दमाई, तुल्सिराम थारु, मनोज कुमार थारु कर्ण, वडा सचिब तिलक केसी, स्वास्थ्य चौकी ईन्चार्ज दिल बहादुर बिश्वकर्मा, वडा प्राबिधिक प्रेम बहादुर गुरुङ्ग, प्रहरी हवल्दार लक्ष्मी शाही रहेका थिए ।
२ घण्टा सम्म चलेको सार्बजनिक सुनुवाई कार्यक्रममा जग्गा निस्काको समस्या, सडक बिस्तारमा समस्या, मान्दिर निर्माणमा असहयोग, सडक मर्मतमा ढिलाई, शिक्षाको गुणस्तिरियतामा चासो नदेखाउनु, उपभोत्ता समितिले हचुवाको भरमा सामान खरिद गर्ने गरेको, कृषि अनुदानमा बढि अनुदान गर्नुपर्ने लगायतका गुनासाहरु सहभागीहरुले राखेको थिए भने वडा अध्यक्ष निखिल बैगारले गुनासाको सुनुवाई गरेका थिए ।
बास नेपालका निर्देशक हेमराम भट्टले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए भने वडा सचिव तिलक खत्रीले आर्थिक बर्ष २०८१ / ०८२ को प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । जन सम्पर्क अधिकृत माधव कार्कीले सहजीकरण गरेको कार्यक्रममा बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले धन्यवाद ज्ञापन सहित समापन गरेका थिए ।

  • ३ जेष्ठ २०८२, शुक्रबार प्रकाशित

  • Nabintech