महाबु गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

असल शासन प्रतिनिधि

दैलेख/ महाबु गाउँपालिका दैलेखले सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाले दोस्रो चौमासिकमा भए गरेका विकास निर्माणको गुणस्तरीयता र सेवा सुविधाको प्रभावकारिता तथा पालिकाका गतिविधिबारेमा सार्वजनिक सुनुवाई गरेको हो ।
शनिवार महाबु गाउँपालिका गैडाबाजमा भएको कार्यक्रममा दोस्रो चौमासिक अवधिमा भए गरेका काम तथा समग्र महाबु गाउँपालिका आर्थिक वर्ष २०८१/०८२ मा भएका विकास निर्माण र कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

महाबु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सार्वजनिक सुनुवाई भनेको प्रशासन र नागरिक बिचको सिधा संवाद भएको बताए । उनले सार्वजनिक सुनुवाई कार्यक्रमले प्रशासनलाई नागरिकका आवश्यकता र अपेक्षाहरू बुझ्न सजिलो हुने बताए । प्रशासकीय अधिकृत उपाध्यायले प्रस्तुत गरेको प्रतिवेदन अनुसार महाबु गाउँपालिकाको यस आर्थिक वर्षमा ४५ करोड ७८ लाख ४३ हजार १ सय ४९ रुपैयाँ बजेट रहेको थियो । दोस्रो चौमासिकसम्म यस पालिकामा ३६ करोड ६० लाख ३२ हजार ८ सय ९६ रुपैयाँ प्राप्त भएको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
चालु खर्च करिब ३० करोड मध्ये हालसम्म १८ करोड खर्च भइसकेको छ भने पुँजीगत तर्फ १५ करोड मध्ये ४ करोड खर्च भएको छ, प्रकोप व्यवस्थापन कोषमा २७ लाख मध्ये ४ लाख खर्च भइसकेको प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले बताए । यता मर्मत सम्भार कोषमा भने ३५ लाख आम्दानी देखिएकोमा अहिलेसम्म १५ लाख खर्च भएको छ ।

बास नेपालको सहजिकरणमा भएको कार्यक्रममा जबाफदेही वक्ताको रूपमा गाउँपालिकाका अध्यक्ष जंगबहादु शाही, उपाध्यक्ष मञ्जु कुमारी पाण्डे, सबै वडाका वडा अध्यक्षहरु तथा विषयगत शाखाका प्रमुखहरू रहेका थिए । यस पटकको सार्वजनिक सुनुवाइमा सबै भन्दा बढी शिक्षा, स्वास्थ्य, सडक र खानेपानी सम्बन्धी प्रश्नहरू नागरिकहरूबाट आएका थिए । करिब १ सय ४० जनाको सहभागिता रहेको कार्यक्रमको अन्तमा ९ बुँदे प्रतिबद्धता गरिएको छ ।

ब्यक्त गरिएका प्रतिबद्धताहरुमा शिक्षा क्षेत्रको गुणस्तरियता खस्किदै गएको गुनासो आएकाले शिक्षाको गुर्णस्तरियता बृद्धी गर्न स्थलगत अवलोक र अनुगमन गर्ने, साथै बिज्ञान विषय अध्यायन गर्ने विद्यार्थीलाइ पालिकाले उपलब्ध गराउने क्षात्रबृद्धी विवरण सबैले थाहा पाउने गरी सार्वजनिकीकरण गर्ने, पालिका भित्र रहेका स्वास्थ्य संस्थाबाट प्रवाह हुने स्वास्थ्य सेवालाइ थप प्रभावकारी बनाउने र निशुल्क वितरण हुने औषधीको विवरण वारे आम नागरिलाइ जानकारी गराउने, गैडाबाज बजारमा खानेपानी समस्याको दिगो समाधानका लागि बजार व्यवस्थापन समिति, उपभोक्ताहरु र सबै सरोकारवाला सचेत भइ आवश्यक पहल गर्ने र बजारको समग्र व्यवस्थापनमा ध्यान दिने, शिक्षक नियुक्तीका लागि परिक्षा हुन नसकेको विध्यालयमा यथासक्य परिक्षा सञ्चालन गर्ने, पालिकाबाट वितरण गरिने अपाङ्गता परिचय पञ वितरण कार्यलाइ व्यवस्थित गर्न वडा स्तरमा गइ वास्तविक्ताको आधारमा परिचय पत्र वितरण गर्ने, पालिकाको सेवा प्रवाहलाइ छिटो, छरितो, प्रभावकारी र नागरिकमैत्री बनाउने गरी कार्य सम्पादन गर्ने रहेका छन् ।

त्यसैगरी अन्य प्रतिबद्धतामा पालिकामा कार्यरत राम्रो काम गर्ने कर्मचारीलाइ प्रोत्साहन गर्ने र गलत कार्य गर्ने कर्मचारीलाइ दण्डको ब्यवस्था गर्ने, पालिकाको सबै क्षेत्रमा विधुतीकरण व्यवस्थापन गर्ने कार्य भइरहेकोमा छिटै विधुत समस्या समाधान गर्न लागिपर्ने, कृषहरुलाइ प्रोत्साहन गर्न कृषीमा आधारित कार्यक्रम सञ्चालन गर्न विशेष योजना बनाउने रहेका छन् ।
बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा नागरिकहरुबाट संकलन गरिएको नागरिक सन्तुष्टि सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

  • ५ जेष्ठ २०८२, आईतवार प्रकाशित

  • Nabintech