यिनै हुन् सडकमै बच्चा जन्माउने महिला र नवजात शिशुलाई सुरक्षित अस्पताल पुर्याउने प्रहरी जवान चन्द्रिका देउवा ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ बसन्तपुर गुहेश्वरी टोल स्थित सडकमा एक महिलाले बच्चा जन्माएकी छन् ।
मंगलबार ती महिलाले अस्थायी प्रहरी पोष्ट खैरानाबाट प्रहरी जवान चन्द्रिका कुमारी देउवाको सहयोगमा महिलाले बच्चा (छोरा) जन्माएकी कैलाली प्रहरीले जनाएको छ ।
उनलाई उपचारको लागि पद्मा अस्पताल अत्तरीया पठाइएको छ भने आमाछोरा दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।