बैजनाथ २ को सार्वजनिक सुनुवाई सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज । बैजनाथ गाउँपालिका २ नम्बर वडा कार्यालयले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारीता बिषयक सार्वजनिक सुनुवाई बास नेपालको सहजिकरणमा जेष्ठ ७ गते सम्पन्न भएको छ ।
बैजनाथ गाउँपालिका वडा नम्बर २ को आयोजनामा वडा कार्यालय परिसरमा भएको सुनुवाईमा सेवा प्रदायक निकाय र वडाबासिहरुका बिचमा भएको छलफलको अन्त्यमा ६ बुदें साझाँ प्रतिबद्धताको घोषणा गरिएको छ । सुनुवाई मार्फत भएका प्रतिबद्धताहरुमा वडा भित्रका विभिन्न टोलहरुमा आवश्यक रहेको तर चालु आर्थिक बर्षको कार्यक्रममा समाबेश हुन नसकेको योजनाहरुलाई आगामी आबमा प्राथमिकिकरणमा राखि बजेट विनियोजन गर्ने, मन्द्रा देखि कारागार हुदै बौद्ध मन्दिर सम्म जाने सडक धुलाम्मे भई आवतजावतमा समस्या भईरहेकाले तत्काल प्रदेश सरकारसँग समन्वय गरी स्तरउन्नतीका लागि योजना अगाडी बढाउने, वडामा पिउने पानीको समस्या रहेकाले यथासक्य खानेपानीको ब्यवस्थापन गर्ने, वडा कार्यालयभित्र रहेको जानकी मन्दिर ब्यवस्थापनकालागि बजेट विनियोजन भईसकेकाले तत्काल मन्दिर रंगरोगन र घेराबार गर्ने, वडाको रिहारटोलमा आवतजावतका लागि बाटो नभएको गुनासो आएकाले उक्त टोलमा सडक निर्माण आवश्यक रहेको समुदायबासिहरुको सहमति सहित वडामा निवेदन आएमा निर्माणकार्यको पहल गर्ने र निशा वितरणका लागि जग्गा फारम र निबेदन सहित वडामा आएमा प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता गरिएको छ ।


यसरी गरिएका प्रतिबद्धताहरु सुनुवाईमा उपस्थित सरोकारवाला र सहभागिहरुले तालि बजाएर अनुमोदन गरेका थिए । प्रतिबद्धतामा वडा अध्यक्ष राजु रुचाल ठकुरी, वडा सदस्य भुमिसरा थापा मगर, भुवाने दमाई, शोभा कुमारी थारु, सितादेबि विश्वकर्मा र वडा सचिब मदन प्रशाद थारुले हस्ताक्षर गरेका थिए ।
बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्कीले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा सुनुवाईको उद्धेश्यमाथि प्रकाश बास नेपालका शोभा थापा मगरले गरेका थिए भने चालु आर्थिक बर्षमा वडा कार्यालयले गरेको प्रगतिको प्रश्तुतीकरण वडा सचिब मदन प्रसाद थारुले गरेका थिए । सुनुवाइमा एक सय बढी वडाबासिहरुको सहभागिता रहेको थियो ।

  • ८ जेष्ठ २०८२, बुधबार प्रकाशित

  • Nabintech