बिक्रम सम्बत २०७२ सालमा म कक्षा १२ मा नेपालगन्जको होलिल्यान्ड स्कुलमा पढेरहेको थिएँ ! १२ को अन्तिम परीक्षा दिएपछी मैले राँझामा अबस्थित श्री सक्सेस बोर्डिङ स्कुलमा अध्यापन गराउने अबसर पाएको थिएँ । त्यही समयमा म पहिलो पटक बास नेपाल सँस्था सङ्ग जोडिएको थिएँ ।
यो भन्दा अगाडी म कुनै पनि सँस्था सङ्ग जोडिएर काम गर्ने अबसर मिलेको थिएन। आदरणीय सरहरुको ब्यक्तित्व र कार्यशैली देखि म अतिनै प्रभावित हुँदै गएँ ! म मा बास नेपाल प्रती प्रेमको अनुभुती जाँग्दै गयो । विभिन्न कार्यक्रम तथा प्रर्दशनहरुमा सकृय सहभागी हुन अबसर मिल्दै गयो । त्यस्तै २०७३ सालमा साधारण सदस्यता प्राप्त गरेँ ।
केन्द्रीय कार्यालयको मातहतमा मैले स्वयंसेवकको भुमिकामा विभिन्न कार्यहरुमा सहभागी हुँदै, कार्य गर्दै आइरहेको छु । २०७३ सालमा आदरणीय सर शम्भु शाहीको उपस्थितमा नेपालगन्ज उपमहानगरपालिका वडान २० मा बास इकाइ समिती गठन भयो ।त्यति बेला शम्भु सर बाँके शाखाको अध्यक्ष हुनुहुन्थ्यो र आदरणीय मन भण्डारी सर केन्द्रिय अध्यक्ष हुनुहुन्थ्यो । सो बैठकमा सबैको सहमति अनुसार अध्यक्षमा टेकराज जैसी र सबैको सहमतिमा मलाइ २० नम्वर ईकाईको सचिब पदमा छनोट गरियो ।
मैले आफुले सके जति कार्य गरिरहेको थिए, निरन्तर रुपले बास नेपाल केन्द्रीय कार्यालयसङ्ग निकट हुँदै विभिन्न कार्यक्रममा सक्रिय रुपमा विभिन्न तरिकाले योगदान दिदै आइरहेकोछु ।
२०७८ सालको बार्षिक उत्सवमा मलाई संस्थाले सक्रिय सदस्यता प्रदान गरेको थियो । मैले मेरो समय र अबस्था अनुसार सके सम्म कार्यमा तत्परताका साथ लागिरहेको महसुस गरिरहेको छु ।
२०७९ सालमा बास इकाइ समितिको अध्यक्ष पदका लागि प्रत्यासि थिए तर साथिले पनि काम गर्ने इच्छा ब्यक्त गरेकाले प्रिय मित्र लबकुश यादब जी लाई समर्थन गरेको थिए । अबसर सबैले पाउनुपर्छ भन्ने मेरो मान्यता रहेकोछ । त्यसैले मैले उपाध्यक्षको जिम्मेवारी प्राप्त गर्दै कार्यमा अग्रसर हुँदै गएँ । विभिन्न कार्यक्रम र तालिमको अबसर आउन थाल्यो म सकृय रुपले सहभागी हुँदै गए ।
समाजमा बिधमान भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, घुसखोरी जस्ता बेथितिका विरुद्धमा सशक्त रूपमा क्रियासिल सँस्था भएकोले सङगसङ्गै कार्य गर्ने अबसर मिलेको छ । यो संस्था बाट मैले धेरै कुराहरू सिक्ने अबसर प्राप्त गरेकोछु ।
सिक्नको लागि काम ठूलो सानो भन्ने हुँदैन मात्र सिकारुको जरुरत पर्दछ । त्यही संकल्पका साथ मैले बास सङ्ग जोडिन अबसर प्राप्त गरे ।
युवाहरूको लागि उत्प्रेरणा मुलक कार्यक्रम र युवाहरुको लागि क्षमता बिकास तालिमनै मेरो लागि बिशेश बन्दै गए । हरेक कार्यक्रममा सकेजतिको सहभागी हुँदै गए । नयाँ नयाँ चिरपरिचित ब्यक्तित्वहरु सङ्ग चिनजान हुँदै गयो । मित्रताका लहरहरु बढन थाल्यो, निरन्तर सेवा र सहयोगका बाताबरण तय हुन थाले । पछि पछि आफ्नै दाजुभाइ दिदिबहिनी जस्तै लाग्न थाल्नुभयो । मैले जिबनमा चाएको प्रेरणा पाउन सफल भएकोछु । कसरी अभिब्यक्त गर्ने भन्ने कुरा ब्याक्ती अनुसार फरक पनि हुन्छ तर मेरो बुझाइमा बास नेपाल मेरो लागि दोश्रो घर बनिरहेको छ। बास नेपालका कार्यकारी निर्देशक आदरणीय सर नमस्कार शाह मेरो लागि मार्गदर्शक र प्रेरणादायी ब्यक्तित्व हुनुहुन्छ, उहाँको कार्यशैली र ब्याक्तित्व बाट म प्रभावित छु । वहाँले मलाई हौसला दिदै अगाडि बढ्ने प्रेरणा दिनुभएकोछ।
त्यस्तै सबै आदरणीय सरहरु र म्याड सबैको माया र प्रेरणा उत्तिकै छ । त्यस्तै मेरो कार्यशैलीको उच्च मुल्यांकन गर्दै २०८० सालमा शोभा थापा मगर दिदीको कार्यकालमा मलाइ जिल्ला कार्य समिती सदस्य मनोनित गरिएको थियो । मैले सँस्थाको नियम र मर्यादामा आफ्नो जिम्मेवारी पूरा गर्ने अबसर पाईरहेको छु यो मेरो लागि गौरवको बिषय हो ।
गत बर्ष जाजरकोटमा भुकम्प जाँदा धेरै मानिसहरु घाइते भएका थिए, त्यति बेला बिरामीको हेर बिचार, डिस्चार्ज लगाएतका कार्यमा नेपालगन्जको भेरी अञ्चल अस्पतालमा रातदिन नभनी १२ दिन सम्म स्वयंसेवकको रुपमा खटी कार्य गर्ने अबसर पाएको थिए ।
मेरो कार्य र निरन्तर हौसलाको लागि बास नेपालको बार्षिक उत्सब कार्यक्रममा सम्मान पनि गरिएको थियो । मैले धेरै मानबिय कार्यमा स्वयंसेवक भएर काम गर्दै आइरहेको छु । त्यस्तै कोभिडको बेलामा पनि विभिन्न तरीकाले स्वयंसेवकको रुपमा कार्य गरीरहेको थिए ।
मानिस भएपछि मानवीय कार्य र कर्मलाइ पहिलो प्राथमिकता दिनु पर्छ भन्ने मेरो बिचार हो । सामाजिक सेवा गर्नु नै हाम्रो पहिलो धर्म हो । मेरो यो अवस्था युवा अवस्थाको हो । सिक्न र सिकाउनको लागि तत्पर हुनु मेरो कर्तव्य हो । जानेर वा नजानेर सिक्न प्रयास गर्दैछु ।
मेरो इमानदारी र स्वयंसेवकको भावनालाई उच्च कदर गर्दै २०८१ सालको बार्सिक उत्सबमा उत्कृष्ट बर्ष स्वयंसेवक भनी संमान पनि गरिएको थियो ।
त्यस्तै बास नेपाल सङ्ग साझेदारको रुपमा कार्य गरीरहेको एकाउटिबिलिटी ल्याबको सहयोगमा संचालित परियोजना अनुरुप कार्यक्रममा युवा मैत्री स्थानीय शासन बिषयमा सामाजिक संजाल मार्फल श्रव्य दृृृश्य सामाग्री तयार गर्ने कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा म दोश्रो भएको थिए ।
बासकै माध्यमबाट धार्मिक सद्भाव युवा समिती, रिडर्स क्लब, युथ एडोभोकेसी नेपाल लगायत थुप्रै समितिमा रहेर काम गर्न अबसर पाएकोछु ।
मैले झन्डै बास नेपालमा १० बर्स अर्थात् एक दशक सम्म स्वयंसेवकको रुपमा कार्य गरेको थिए । म सानै देखि लेख्न र पढन मन गर्दथे । म विभिन्न क्षेत्रमा रहेर विभिन्न बिषयमा लेखहरु लेखिरहेको छु । सामाजिक, सँस्कृती, पर्यटन र इतिहास साथै महिला हिंसाको विरुद्ध , बाल हिंसाको विरुद्ध साथै भ्रष्टाचारको विरुद्ध लगाएतका बिसयमा मैले कलम चलाउदै आएकोछु ।
कबिता, गजल, मुक्तक, कथा नियमित लेखिरहेको छु । मेरो यो लगाम देखेपछी बास नेपालमा कार्यकारी निर्देशक सर ले मलाई असल शासन मिडियाको प्रतिनिधिको रुपमा कार्य गर्ने अबसर दिनुभएको थियो । त्यसपछि म मा झन लेखन कार्यमा हौसला बढ्दै गयो । मेरो अहिले सम्म ८० भन्दा बढी आलेखहरु असल शासन पत्रिकामा प्रकाशित भैसकेका छन् । मेरो लागि यो ठूलो अबसर थियो।
निरन्तर मेहनत र इमानदारीको कारणले विभिन्न अबसरहरु आउन थालेका छन् । त्यस्तै २०८१ सालमा बास बाँके शाखाको अधिबेशन भयो । उक्त अधिबेशनबाट म सह सचीव पदमा निर्बिरोध भएँ । म सदस्य पदबाट वृद्धि हुँदै सहसचीव पदमा पदस्थापन भएको हुँ । युवाको हितको लागि मलाई बास नेपालले दिएको एउटा अबसर थियो । कार्य क्षमता बिकास र नेतृत्व बिकासकोलागि सक्रिय हुनु मेरो लागि पनि अहोभाग्य थियो।
तपाईहरु पनि जोडिनुहोस समाज रुपान्तरणमा सङगै मिलेर काम गरौ । जय बास, जय शुशासन।