बैजनाथ ७ मा सार्वजनिक सुनुवाई

रबिन्द्र बोहरा

नेपालगन्ज जेष्ठ ८, २०८२
बैजनाथ गाउँपालिका वडा नं. ७ ले अर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सबै सार्वजनिक नीकायले प्रत्येक चौमासिक रुपमा सार्वजनिक सुनुवाई गर्नुपर्ने कानुनी प्रावधान भए पनि वडाले कार्ययोजनामा रहेकको एक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । बास नेपालको सहजिकरण जेष्ठ ८ गते वडा कार्यालयकै प्रांगणमा उक्त सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाईमा वडाबासीहरुले वडाका विभिन्न टोलहरुमा बाटो तथा नालि निर्माण आवश्यक रहेको, नहर तथा खोलाहरुमा पुल निर्माण गर्नुपर्ने, दैलेखी टोलमा सिँचाई सुविधाको समस्या रहेको, वडा कार्यालयबाट प्रभावकारी सूचना प्रवाह नभएको, योजना तर्जुमा गर्दा बस्ती स्तरको योजना छनौट नहुने गरेको लगाएतका गुनासा तथा प्रश्न राखेको थिए ।


सहभागिहरुको प्रश्नको जवाफमा वडा अध्यक्ष्य दिनेश कुमार थारुले विभिन्न टोलहरुमा बाटो तथा पक्कि पुल निर्माको लागि प्रदेश सरकार तथा संघ सरकारसँग बजेटको लागि पहल गर्ने, दैलेखी टोलमा सिँचाई सुविधा उपलब्ध गराउन सिक्टा सिँचाईसँग पहल गर्ने, चमार टोलको सार्वजनिक स्थान पहिचान गरी खानेपनी र प्रतिक्षालय निर्माण गर्ने, सूचनाको प्रभावकारीताको लागि मुख्य दुई ओटा टोलमा सूचना टाँस गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता गरेका थिए ।
१०० जना वडावासीको उपस्थिती रहेको सार्वजनिक सुनुवाईमा ६ बुँदे साँझा सार्वजनिक प्रतिवबद्धताहरुको घोषणा गरिएको थियो । कार्यक्रममा वडा सचिव जितेन्द्र लामिछानेले वडाको आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रमको सहजिकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

  • ९ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • Nabintech