महिना दिनभित्र पिउने पानीको समस्या समाधान हुने अध्यक्ष रावत

असल शासन प्रतिनिधि

नेपालगञ्ज / समुदायमा पिउने पानीको समस्या भएको एक कार्यक्रममा सहभागीहरुले बताए पछि वडा अध्यक्ष देव बहादुर रावतले एक महिना भित्र पाईप जडान भैसकेका टोलमा पिउने पानीको ब्यवस्था गर्ने बताए ।
बैजनाथ गाउँपालिका वडा नम्बर ५ को आयोजना र बास नेपालको सहजीकरणमा शुक्रवार बनकटुवा स्थित चुलीमालिका सहकारी भवनको हलमा सञ्चालन भएको सार्बजनिक सुनुवाई कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
बैजनाथ गाँउपालिका वडा नम्बर ५ को कार्यालयले दिने सेवा सुबिधाको प्रभावकारिता बिषयक सार्बजनिक सुनुवाई कार्यक्रम बाट ७ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता घोषणा गर्ने क्रममा वडा अध्यक्ष रावतले पाईप बिस्तार गर्न बाँकी रहेको क्षेत्रमा पनि पाईप बिस्तार गरि पिउने पानीको ब्यवस्था गर्न लागिपर्ने बताएका थिए । साथै अन्य प्रतिबद्धताहरुमावडा भित्र निर्माण भएका सडकहरु गुणस्तिरियता नभएको गुनासोमा दिगो विकास बिकास निर्माणको लागि वडा पालिका सचेत भएको र स्थानिय बासी समेत सचेत भई कुनै कमीकमजोरी भएकमा वडा सँग गबरदारी गरेमा त्यस्ता निकायलाई कार्बाही गर्ने, वडा नम्बर ५ को रामपुरमा बर्षा याममा डुवान पर्ने समस्या आएकोमा आउँदो आर्थिक बर्षमा बजेट बिनियोज गरी काम गर्ने, वडा भित्र धेरै बालकालिका लागु औषधको कुलतमा फसेकाले त्यसको समाधानका लागि हरेक अबिभावक र वडाका जनप्रतिनिधिहरु सचेत भई लाग्ने, वडामा कार्यलय सहयोगीले कर्मचारी अभावका कारण एक ब्यक्ति दुई काम गर्नुपर्ने अबस्था भएकाले उक्त समस्या समाधानका पालिका सँग समन्वय गर्ने, सहकारी र स्थानिय सरकारको साझेदार सम्बन्धी वडा तथा पालिका बाट सहकार्य हुन नसकेको गुनासो आएकाले सबै सहकारीलाई समेटेर समस्या समाधानका लागि पालिकाबाट केही निर्णय नआईपुगेकाले पालिका सँग समन्वय गर्ने, अरणिको बजारमा ढलको निकास नहुँदा समस्या भएकोमा ढल निकासको लागि धेरै जग्गा चाहिने भएकाले त्यो ठाउँमा नाली निर्माण गर्ने, चुलीमालिका सहकारी भवन अगाडी नाली निर्माणको कार्य लामो समय देखी  सञ्चालन हुँदा पनि काम समयमै सम्पन्न नभएकाले आवात जावतमा कठिनाई भएकाले काम तत्काल सम्पन्न गर्न ठेकेदारलाई ताकेता गर्ने लगायतका प्रतिबद्धताहरु रहेका छन् ।
सय बढिको सहभागीता रहेको सार्बजनिक सुनुवाईमा सरोारवाला ब्यक्तिको रुपमा बैजनाथ गाँउपालिका वडा नम्बर ५ का अध्यक्ष देव बहादुर रावत, वडा सचिव डम्बर बहादुर खत्री, वडा सदस्यहरु दिप बहादुर थापा, राजितराम यादव, सिता सुनार, बनकटुवा स्वास्थ्य चौकी प्रमुख रहेका थिए ।
२ घण्टा सम्म चलेको सार्बजनिक सुनुवाई कार्यक्रममो कृषि अनुदान बितरण नभएको, वडाका बिभिन्न समुदायमा बाटोघाटो र नालीको ब्यवस्था नहुदा बर्षामा डुवान हुने, बिभिन्न समुदायमा पिउने पानीको अभाव भएको  गुनासाहरु सहभागीहरुले राखेको थिए भने वडा अध्यक्ष देव बहादुर रावतले गुनासाको सुनुवाई गरेका थिए ।
बैजनाथ गाँउपालिका वडा नम्बर ५ का सचिव डम्बर बहादुर खत्रीले स्वागत तथा आर्थिक बर्ष २०८१२०८२ मा भएका कामको प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए भने बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले सार्बजनिक सुनुवाईको सहजीकरण गरेको थिए ।

  • १० जेष्ठ २०८२, शुक्रबार प्रकाशित

  • Nabintech