नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा थुप्रिएको फोहोर लामो समयदेखि व्यवस्थापन हुन सकेको छैन । फोहोर व्यवस्थापन नहुँदा मन्दिर क्षेत्रको सौन्दर्य बिग्रनुको साथै दुर्गन्धित हुन थालेको छ ।
मन्दिर परिसरको तलाउमा भएको फोहोरले मन्दिरको सौन्दर्य बिग्रँदै गएको छ। सबैजना मिलेर अविलम्ब सरसफाइ गर्न जरुरी देखिन्छ ।
मन्दिर व्यवस्थापन समिति र उपमहानगरपालिका चासो नदिएको स्थानीय बासीको आरोप छ ।
ज्योतिष श्री गौरी शंकार शर्माले हामिले पटक पटक नेपालगन्ज उपमहानगरपालिका लाई खबर गर्दा आश्वासन भएको तर कार्यान्वयन नभएको बताए।
जुङ्गे महादेव मन्दिरस्थल पुनःनिर्माणको काम समयमा हुन नसक्दा त्यससँग सम्बन्धित काम प्रभावित भएको छ । मन्दिर परिसरको तलाउमा घाँस र झार उम्रिएको छ भने पानीका बोतलले तलाउ फोहोर देखिएको छ । त्यस्तै गरि विभिन्न फलफुलका बोक्रा ,पात,पतिङर,काठ लगाएतका बस्तुहरु थुपारीएका छन।मन्दिर परिसर क्षेत्रमा फोहोर थुप्रिन थाले पनि तलाउ क्षेत्रको सरसफाइमा गुठीले बेवास्ता गरेको स्थानीय पन्डित भोजराज खनाल बताउँछन् । मन्दिरको तताउ भित्र नै बाटो बनाइ सर्बजनिक रुपमा ओहोर दोहोर गर्ने स्थान बनेकोछ। यस विषयमा मन्दिर गुठी ब्यबस्थापन समिती मौन देखिन्छ।
प्रसिद्ध धार्मिक शक्तिपिठ बागेश्वरी मन्दिरको महिमा अपरम्पार छ। हजारौ बर्ष पुरानो इतिहास छ। बागेश्वरी मन्दिर वैदिक सनातनी धर्मलम्बीहरुको लागि मात्र बिशेश छैन।यो त विश्व समुदायहरुको लागि धार्मिक तथा पर्यटिकिय धरोहर हो। तर यहाँ देखिएको दुर्गन्ध र जथाभावी फालीएको फोहोरले मन्दिरको सुन्दरतामा असर परीरहेकोछ।