नेपालगञ्ज / बाजुराको पर्यटकिय स्थल रानीसैन लामो समय देखि आन्तरिक तथा बार्य पर्यटनको पर्खाइमा रहँदै आएको छ । प्राकृतिक रुपमा निकै आकर्षक रहेको यो रानीसैन बाजुरा जिल्लाकै एक प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको छ । सुन्दरताले जति बर्णन गरेपनी कमै हुन्छ । यो रानीसैन प्राकृतिक रुपमा जति शुन्दर भएपनि यसको संरक्षण तथा प्रबद्धन भने अहिले सम्म भएको छैन् ।
आन्तरिक तथा बाह्य पर्यटकहरुलाई निकै आकृषित पार्दै आएको रानीसैन निकै मनमोहोक छ । रानीसैन एक विकट क्षेत्रमा पर्ने भएपनि यहाँ पुग्ने गरेका पाहुनाहरुले भने स्वर्ग नै पुगेको महसुस गर्ने गरेका छन् ।
यो ठाउँमा घुम्न र रमाउन जानेहरुका लागि विभिन्न किसिमका भौतिक संरचनाहरु निर्माण भए यो रानीसैनले थप जिल्लाकै महिमा बढाउने थियो ।
यहाँ नत बाटो नत कुनै बास बस्नका लागि भौतिक पुर्वाधार निर्माण गरिएका छन् । यो ठाउँ देख्ने वित्तिकै जो कोहीको मन लोभिने गरेको भएपनि उनीहरुका लागि यहाँ बास बस्नको केही व्यवस्था नहुँदा यो ठाउँ पाहुनाको पहुँच भन्दा टाढा रहेको हो । यहाँका स्थानीयहरुले यसका लागि विभिन्न ठाउँमा पहल कदमी गर्दै आएको भएपनि अहिले सम्म सरकारले यसको संरक्षण गर्न सकेको छैन् ।
जिल्लाको पुर्विउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नं –३ मा रहेको यो रानीशैन लामो समय देखि आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा रहँदै आएको छ ।
रानीसैन राज्यको पहुँच हुन सकेको छैन् । रानीसैन जति राम्रो तथा सबैको मन महक पार्ने एक प्रकृतिको उपहार थियो । त्यति सरकारले यसलाई संरक्षण तथा प्रवद्धन गरेको छैन् ।
छिमेकी जिल्ला बझाङ्गको साईफाईल र मानासरोवर जान रानीसैनबाट नजिक हुन्छ । बाह्र महिना सिचो हुने यो ठाउँमा निकै सुन्दरता भएपनि यसको संरक्षण भने अँझै नहुन सक्दा यसको अस्तित्व लोप हुँदै गएको छ ।
रानीसैन बाजुराका , हुम्ला र बझाङ्गको बीचमा अवस्थित छ । यहाँ प्रत्येक वर्षमा बाजुरा र हुम्लाका बौद्धधर्मालवम्बीहरु जम्मा हुन्छन् । यहाँ उनीहरुको एक ठुलो गुम्बा छ । यो व्यवस्थापनका लागि पालिकाले प्रत्येक वर्षमा दुइ लाख रुपियाँ छुट्याउने गरेको छ ।
वर्षको एक पटक उनीहरु यो ठाउँमा अनिवार्य यहाँ जम्मा हुने गरेकोले बास बस्न र खान समेत सहज हुने गरी पालिकाले गुम्बालाई रकम छुट्याउने गरेको छ ।
यो ठाउँ झण्डै ४४ देखि ५ हजार मिटरको उच्चाईमा रहेको छ । यहाँ चारै तिर ठुला– ठुला हिमाल छन् । तिनै हिमालीको फेदीमा छ बाजुराको रानीसैन । यसलाई बाजुराको उपत्यका पनि भन्ने गरीन्छ। चारै तिर डाँडा अर्थात सेता हिमाल त्यसको मुनीमा समथल रुपमा फैलिएको एक भुभाग हो रानीसैन ।
प्रकृतिको अनुपम यो ठाउँमा देख्दा निकै आकर्षक रहेको छ। यो ठाउँ पर्यटकीय स्थलको रुपमा विकास गर्ने सकेमा, जसरी राराले मुगुलाई चिनाउँछ त्यसै गरी यो रानीसैनले पनि बाजुरालाई चिनाउने यहाँका स्थानीयको भनाइ छ ।
त्यसका लागि यो ठाउँमा सडकको राम्रो सुविधा हुन आवश्यक छ । त्यसै गरी यहाँ पर्यटकीय पद मार्ग , व्यस क्याम्प , धर्मशाला लगायतका भौतिक पुर्वाधार निर्माण गर्नु अति आवश्यक छ ।
त्यति मात्र होईन यो ठाउँ जडिबुटीको समेत खानी हो । यहाँबाट यो जडिबुटी चोरी निकासी हुने भएकोले यसको तल सिमा सुरक्षा गर्नको लागि प्रहरी बिट,र प्रहरी पोस्टको स्थापना गर्न अति आवश्यक छ ।
जिल्लाका खप्तड , छेडेदह , बडिमालिका , कालाजाग्रा , बीरेझर्ना , पोरखेगडी लगायतका पर्यटकीय स्थल भन्दाबढी रानीसैन निकै भोललाग्दो छ । तर पनि अहिले सम्म यसको कुनै संरक्षण प्रबद्धन गर्ने काम भने भएको छैन् । स्थानीय सरकारले यहाँ सम्म जानका लागि गोरेटोबाटो तथा वौद्धमर्धालम्बीहरुका लागि गुम्बाको व्यवस्था गरिदिएको भएपनि प्रदेश र केन्द्र सरकारको पहुँच भएको छैन् ।
उद्योग वन तथा प्रर्यटन मन्त्रालयमा धेरै पटक यसको संरक्षण प्रबद्धनका लागि माग गर्दै आएको भएपनि अहिले सम्म कतैबाट केही सुनुवाई हुन सकेको छैन। प्रकृतिको एक उपहार रानीसैन संरक्षण तथा प्रबद्धनका लागि राज्यको कुनै नजर नहुँदा यसको अस्तित्व समेत जोगाउँन समेत सकस भएको छ । ”
अछामको साँफे बगर देखि बाजुराको मार्तडी सम्म झण्डै ५७ किमि र मार्तडी देखि कोल्टी ४२ र केल्टी देखि हिमालीको धुलाचौर सम्म १६ किलो मिटर दुरी रहेको छ । हिमाली गाउँपालिका देखि पहिलो यो ठाउँमा पुग्न झण्डै सात दिन पैदल लाग्थ्यो । भने अहिले हिमाली –३ को सडक पुगेपछि त्यो ठाउँमा जान झडै दुइ तिन दिन पैदल हिडेर पुग्न सकिन्छ ।