नेपालगञ्ज / बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

बैजनाथ गाउँपालिका वडा नम्बर १ को आयोजना र बास नेपालको सहजीकरणमा सोमवार वडा नम्बर १ को चिसापानी स्थित वडा कार्यालयमा ७ बुद्धे साझा सार्बजनिक प्रतिबद्धताका साथ सम्पन्न भएको हो ।

बैझनाथ गाँउपालिका वडा नम्बर १ को कार्यालयले दिने सेवा सुबिधाको प्रभावकारिता बिषयक सार्बजनिक सुनुवाई कार्यक्रमबाट वडाको महादेवाटोलमा हावा हुरीका कारण बिजुलीको तार भुईमा झरी जोखिम रहेको गुनासो आएकोले तत्काल बिद्युत सँग समन्वय गरी तार ब्यवस्थापन गर्ने, वडा भित्र लागु पदार्थ दुब्र्यहसनी ठुलो समस्याको रुपमा देखिएकाले न्युनीकरणकालागि सबैले सुराखीको रुपमा समयमा सुचना दिने ब्यक्तिको नाम गोप्य राखिने, टोलटोलबाट पठाएको योजनाहरु प्राथामिकतारुपमा नपर्ने गरेको गुनासो आएकाले योजना तर्जुमा प्रक्रियालाई ध्यानमा राखी निति तथा कार्यक्रम बनाउने र स्थानिय आबश्यक्ता अनुसार प्रभावकारी कार्यन्वयन गर्ने साझा सार्बजनिक प्रतिबद्धता ब्यक्त गरिएको छ ।

त्यस्तै वडाको मुलराटीमा निर्मानाधिन सडक आगामी आर्थिक बर्षमा ग्राभेलका लागि पहल गर्ने, वडाको गाभर क्षेत्रलाई प्राथमिकताको रुपमा राखेर काम गर्ने, वडाभित्र निर्मानाधिन अधिकांस योजनाहरु पुरा नहुदै कार्य सम्पन्न प्रतिबेदन पेश गरेको भन्ने गुनासो आएकाले योजनाको दिगोपन र प्रभावकारी अनुगमन पछि मात्रै योजना फच्यौट गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रममा बास्तबिक बेरोजगार र बिपन्न ब्यक्तिले काम पाउन गरी गाउँपालिका सँग पहल गर्ने, वडा भित्र रहेको सुर्यदय माबिको घेराबारको लागि पहल गर्ने, बाल बिबाह न्युनिकरण का लागि सामुहिक रुपमा काम गर्ने लगायतका प्रतिबद्धता गरिएको छ ।

एक सय बिस बढि नागरिकहरुकको सहभागीता रहेको सार्बजनिक सुनुवाईमा सरोारवाला ब्यीक्तहरुको रुपमा बैझनाथ गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष रुपलाल मल्ल, कार्यपालिका सदस्य रुपा थापा, वडा सदस्य धनकली सुनार, वडा सचिब प्रकाश खड्का, स्वास्थ्य चौकी ईन्चार्ज प्रेम शाह र चिसापानी प्रहरी चौकी प्रमुख अम्बर बहादुर खत्री रहेका थिए ।
२ घण्टा बढि समय सम्म चलेको सार्बजनिक सुनुवाई कार्यक्रममा पालिकाबाट सञ्चालन हुने कुनै पनि तालिम तथा अनुदानका कार्यक्रमहरुको प्रभावकारी सुचना प्राप्त हुन नसक्नु, वडा तथा पालिका बाट वडाका बिभिन्न स्थानमा निर्मानाधिन योजनाहरु अलपत्ररुपमा परेका र त्यस्ताकार्यले सडकमा आवत जावत गर्न झनै कष्टकर भैरहेको, लागु औषर््रहेको भएपनि सम्बन्धित पक्ष बेखबर भएको, वडा भित्रै रहेका एक बिद्यालयले बिद्यार्थीहरु बाट शुल्क उठाईरहेको भएता पनि सम्बन्धित पक्ष मौन बस्ने गरेको लगायतका गुनासाहरु सहभागीहरुले राखेको थिए भने वडा रुप बहादुर मल्ललेले गुनासाको सुनुवाई गरेका थिए ।

बास नेपालका निर्दैशक हेमराज भट्टले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए भने वडा सचिव प्रकाश खड्काले आर्थिक बर्ष २०८१ /०८२ को प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले सार्बजनिक सुनुवाईको सहजीकरण गरेको थिए ।